January 11, 2025, Saturday
२७ पुष २०८१, शनिबार

भारत लैजान खोजिएको डिजेल बर्दियामा सशस्त्र प्रहरीद्वारा बरामद

भारत लैजान खोजिएको डिजेल बर्दियामा सशस्त्र प्रहरीद्वारा बरामद

गुलरिया । सीमा सुरक्षा थप मजबुद बनाउँदै लगेको सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हे.क्वा.बर्दियाले साउन १८ गते नेपालबाट चोरी तस्करी गरि अबैध रुपमा भारततर्फ लैजादै गरेको मुल्य रु. ५४ हजार ७ सय पचास बराबरको ५० लिटर डिजल  बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताउनु भयो । सशस्त्र प्रहरीले ओसार पोसारमा संलग्न यु पि ४० डब्लु ९७३४ नम्बरको भारतिय मोटर साइकल समेत बरामद गरेको हो।
नेपाल सरकारले सिमानामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण प्रभावकारी हुदै गएको छ । यसै क्रममा यस गण तथा मातहत बिओपिहरुबाट  आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको  छ।