July 24, 2024, Wednesday
९ श्रावण २०८१, बुधबार
Trending

विद्यार्थीलाई स्कूल झोला, स्टेसनरी र सरसफाई किट वितरण

विद्यार्थीलाई स्कूल झोला, स्टेसनरी र सरसफाई किट वितरण

लुम्बिनी पत्र । नेपाली कांग्रेसका महासमिति सदस्य, नेपाल तरुण दलका पूर्व का वा अध्यक्ष श्री जन्मजय तिमिल्सिनाको प्रमुख आथित्यतामा चाईना फाउन्डेसन फर पोभर्टी एलिभीएसन, अलीबाबा फिलान्त्रोफीको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज अनामनगर काठमाडौंले गेरूवा गाउँपालिका तथा राजापुर र मधुवन नगरपालिकाका १२ वटा विद्यालयका २२०१ विद्यार्थीलाई स्कूल झोला, स्टेसनरी र सरसफाई किट वितरण कार्य सुरु भएको छ ।
गेरूवा गाउँपालिका ५ बिन्द्रामा रहेको सरस्वती आधारभूत विद्यालयबाट नेपाली कांग्रेस महासमिति सदस्य तिमिल्सिनाले आधारभूत तहसम्मका विद्यार्थीहरुलाई
स्कूल झोला, स्टेसनरी र सरसफाई किट हस्तान्तरण गरिएको चाईना फाउन्डेसन फर पोभर्टी एलिभीएसनका कानूनी सल्लाहकार देवीराम उपाध्यायले बताउनु भयो ।