बर्दियामा सशस्त्र प्रहरीद्वारा रु ३ करोड ५१ लाख बढीको अवैध निकासी पैठारी बरामद गरी भन्सार दाखिला

लुम्बिनी पत्र । नेपाल भारत सीमा नाकामा सीमा नाकामा हुने आउजाउ लगायत सम्पूर्ण अवैध तथा गैर कानूनी क्रियाकलापहरू नियन्त्रण गर्दै आएको सीमामा सशस्त्र प्रहरी बल नेपाल न.३१ गण हेड क्वार्टर बर्दिया र मातहत इकाईहरुले एक वर्षमा ३ करोड ५१ लाख ८ हजार १सय ८७ रुपैयाँ बराबरको अवैध निकासी पैठारी भन्सार दाखिला गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल न.३१ गण हेड क्वार्टर बर्दिया र मातहत इकाईहरुले बर्दियाको ८२.८ किलोमीटर नेपाल भारत सीमा नाकामा थप कडाई गर्दै आर्थिक वर्ष २०७७/७८ मा भारतबाट अवैध रुपमा चोरी पैठारी गरी नेपाल भित्राउन खोजिएका रु १ करोड ९६ लाख ४१ हजार ८ सय ९१ रुपियाँ बराबरको र नेपालबाट भारत तर्फ अवैध रूपमा चोरी निकासी हुन लागेको १ करोड ५४ लाख ६६ हजार २९६ रुपियाँ बराबरको सामान बरामद गरी भन्सार दाखिला गरेको जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल मार्फत सीमा सुरक्षाको चुस्त व्यवस्थापन गर्ने दिर्घकालिन निति तथा कोभिड-१९ संक्रमण नियन्त्रण¸ अबैध रुपमा सीमावर्ति क्षेत्रमा हुन सक्ने आवत जावत¸ चोरी तस्करी नियन्त्रण गर्दै सीमा सुरक्षालाई चुस्त तथा प्रभावकारी व्यवस्थापन गर्नको निमित्त सीमा नाकामा थप कडाई गरेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताउनु भयो । बर्दिया जिल्लाको सीमावर्ति ईलाकामा स्थापित बि.ओ.पि.,फर्वाड बेशहरुले सीमावर्ति ईलाकामा हुने अपराधिक गतिबिधिहरु न्युनिकरण गरि शान्ति सुरक्षा प्रदान गर्नुका साथै गैह्र कानुनी क्रियाकलापहरु नियन्त्रण गर्दै आएका छन् । सीमावर्ति ईलाकामा हुने अपराधिक गतिबिधिहरु न्युनिकरण गरि शान्ति सुरक्षा प्रदान गर्नुका साथै गैह्र कानुनी क्रियाकलापहरु नियन्त्रण गर्दै आउने क्रममा आर्थिक वर्ष २०७७/७८ मा भारतबाट अवैध रुपमा चोरी पैठारी गरी नेपाल भित्राउन खोजिएका रु १ करोड ९६ लाख ४१ हजार ८ सय ९१ रुपियाँ बराबरको सामान बरामद गरी भन्सार दाखिला गरेको छ । बरामद गरिएका कुल सामान मध्ये रु ४९ लाख ९७ हजार ४६३ रु बराबरको अवैध सवारी साधन, ३४ लाख ४८ हजार ८ सयको अवैध जाली नोट, ३० लाख ६९ हजार ६९१ रुको अवैध किराना समान , २४ लाख ८५ हजार ९७० बराबरको अवैध पशु पन्छी रहेका छन् । सो अवधिमा रु ३० लाख ३८ हजार ११६ बराबरको अवधिमा किराना , फेन्सी र इलेक्ट्रोनिक्स सुर्तीजन्य सामान , १३ लाख १२ हजार ७६३ बराबरको अवैध काठ , १२ लाख ५० हजार ८८३ को अवैध कृषि सामाग्रीहरु र ३८ हजार २ सय ५ रुपैयाँ बराबरको अवैध औषधि पनि बरामद भई भन्सार दाखिला भएको सशस्त्र प्रहरी उपरीक्षक रावतले बताउनु भयो । नेपालबाट भारत तर्फ अवैध रूपमा चोरी निकासी हुन लागेका समान मध्ये चरेश ५ के जि र अफिम १८ . ५ के जि गरी १ करोड ४९ लाख ५० हजार मूल्य बढीको लागू औषध बरामद गरी भन्सारमा दाखिला गरिएको हो । यस्तै ३ लाख ६४ हजार ८१६ रुपियाँको डिजेल पेट्रोल, १९ हजार ४८० को मादक पदार्थ र १ लाख ३२ हजार कवार्ड सामान बरामद गरी भन्सारमा दाखिला गरिएको सशस्त्र प्रहरी उपरीक्षक रावतले बताउनु भयो । सीमा तथा सीमा स्तम्भको सुरक्षाको साथै चोरी तस्करी , भन्सार राजश्व छलि, अवैध आवागमन, अवैध रूपले सामान आयात निर्यात हुन नदिन सशस्त्र प्रहरी बल नेपाल न.३१ गण हेड क्वार्टर बर्दिया र मातहत इकाईहरुले प्रहरी , जिल्ला प्रहरी , एस् एस् बि समेतको सहकार्यमा अत्यन्तै रचनात्मक भूमिका खेल्दै आएको बर्दियाका प्रजिअ सन्त बहादुर सुनारले बताउनु भयो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हे क्वा बर्दिया अन्तर्गत ८ वटा बि ओ पी, २ सुरक्षा बेस, ८ फरवार्ड बेस, १ आइ आर टी पोस्ट र १ भन्सार सुरक्षा पोस्ट गरी २० वटा मातहत इकाईहरुले सीमा नाकामा हुने सम्पूर्ण अवैध तथा गैर कानूनी क्रियाकलापहरू नियन्त्रण गर्दै आईरहेको छ।
प्रतिकृया दिनुहोस्