September 25, 2023, Monday
८ आश्विन २०८०, सोमबार
Trending

बर्दियाको नेपाल भारत सीमा नाकामा थप कडाई 

बर्दियाको नेपाल भारत सीमा नाकामा थप कडाई 

लुम्बिनी पत्र । चोरी तस्करी , भन्सार राजश्व छलि, अवैध आवागमन, अवैध रूपले सामान आयात निर्यात हुन नदिन सशस्त्र प्रहरीले बर्दियाको नेपाल भारत सीमा नाकामा थप कडाई गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल मार्फत सीमा सुरक्षाको चुस्त व्यवस्थापन गर्ने दिर्घकालिन निति तथा कोभिड-१९ संक्रमण नियन्त्रण¸ अबैध रुपमा सीमावर्ति क्षेत्रमा हुन सक्ने आवत जावत¸ चोरी तस्करी नियन्त्रण गर्दै सीमा सुरक्षालाई चुस्त तथा प्रभावकारी व्यवस्थापन गर्नको  निमित्त  सीमा नाकामा थप कडाई गरेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताउनु भयो ।  बर्दिया जिल्लाको सीमावर्ति ईलाकामा स्थापित बि.ओ.पि., फर्वाड बेशहरुले सीमावर्ति ईलाकामा हुने अपराधिक गतिबिधिहरु न्युनिकरण गरि शान्ति सुरक्षा प्रदान गर्नुका साथै गैह्र कानुनी क्रियाकलापहरु नियन्त्रण गर्दै आएका छन् । सीमावर्ति ईलाकामा हुने अपराधिक गतिबिधिहरु न्युनिकरण गरि शान्ति सुरक्षा प्रदान गर्नुका साथै गैह्र कानुनी क्रियाकलापहरु नियन्त्रण गर्दै आउने क्रममा भारतबाट चोरी तस्करी गरि अबैध रुपमा नेपाल भित्र्याउदै गरेको मुल्य रु एक लाख बाउन्न हजार बराबरको ४ क्यु.फिट काठ, बोईलर कुखुरा, मो.सा. र २ जना व्यक्ति पक्राउ परेका छन् ।  बर्दियाको बढैयाताल गा.पा.-२ सितापुर बस्ने बर्ष २२ का सुरज खत्री र सोही ठाउँका बर्ष २५ का सुशिल गिरीलाई प्रकाउ गरी आवश्यक कार्बाहीको लागि सम्बन्धित कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हे.क्वा.बर्दियाले जनाएको छ ।