३४ क्विन्टल गाँजाको बिरुवा बर्दियामा फडानी गरी नष्ट

३४ क्विन्टल गाँजाको बिरुवा बर्दियामा फडानी गरी  नष्ट

लुम्बिनी पत्र ।  बेवारिसे अवस्थामा आफै हुर्किएको अन्दाजी ३४ क्विन्टल बराबर लागु औषधजन्य पदार्थ गाँजाको बिरुवा  बर्दियामा फडानी गरी नष्ट गरीएको  छ । ईलाका प्रहरी कार्यालय ढोढरी, प्रहरी चौकी धनौरा र मधुवन नगरपालिका वडा नं.-३ भगरैयाटोल बडघरहरुको संयुक्त आयोजनामा  सामुहिक रुपमा गाँजा खेती नष्ट गरिएको हो । मधुवन नगरपालिका वडा नं. -३ भगतपुर,  सुकुम्बासी नयाँ बस्ती, भगरैया र बिपतपुरगाउका बिभिन्न स्थानका बाटो छेउछाउ, कुलो, नहर, बाँझोबारी र खेतबारीमा  ईलाका प्रहरी कार्यालय ढोढरीका कार्यालय प्रमुख राजन कुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोली, स्थानिय जनप्रतिनिधी, महिला, ज्येष्ठ नागरिक, बुद्दिजिबी, समाजसेवी समेतको सक्रिय सहभागितामा सो गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेम बहादुर शाही द्वारा  प्रेषित विज्ञप्तिमा उल्लेख छ ।