February 9, 2025, Sunday
२७ माघ २०८१, आईतवार

ट्राफिक व्यवस्थापनका लागि थप कडाईका साथ लाग्ने प्रदेश ट्राफिक प्रमुख थापाको प्रतिवद्दता

ट्राफिक व्यवस्थापनका लागि थप कडाईका साथ लाग्ने प्रदेश ट्राफिक प्रमुख थापाको प्रतिवद्दता

लुम्बिनी पत्र । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी योगेन्द्र सिंह थापाले बुटवल उपमहानगरको ट्राफिक व्यवस्थापनका लागि थप कडाईका साथ लाग्ने बताउनु भएको छ।
उहाले बढ्दो जनसंख्या र शहरीकरणलाई मध्यनजर गरी व्यवस्थापनलाई थप कडा गर्न लागेको जानकारी दिनु भयो।
थापाले दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि सबैले आ–आफ्नो क्षत्रबाट सहयोगको अपेक्षा समेत राखेको बताउनु भयो । उपमहानगरका विभिन्न १२ ठाउँमा राखिएका सिसिटिभी क्यामेराहरु बन्द रहँदा ट्राफिक व्यवस्थामा समस्या हुनुका साथै सुरक्षा प्रदानमा समेत असर परेको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले बताउनु भयो।
बन्द भएका क्यामेराहरु पुनः सञ्चालनमा ल्याउनका लागि सामाजिक विकास मन्त्रालय संग कुरा भएको छ भने करिब ५ लाख लागत अनुमान गरिएको छ । ट्राफिक एवं पार्किङ व्यवस्थापनका लागि ट्राफिक संकेतसहितका वोर्ड राखिने भएको छ।
विभिन्न संघ संस्थाहरुले १०३ वटा ट्राफिक संकेतसहितका वोर्ड प्रदान गरेका छन् ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमकाबिच ट्राफिक संकेतसहितका वोर्ड हस्तान्तरण गरिएको हो ।
अमरबुद्ध टोलविकास संस्थाले २१ वटा, विपी चोक टोल विकास संस्थाबाट १० वटा, अमर तिनाउ टोल विकास संस्थाबाट १५ वटा , राममन्दिर टोल विकास संस्थाबाट १५ वटा ,सोनी सोरुम अमरपथबाट १५ वटा , सिद्धार्थ हार्डवयरबाट १६ वटा  र द फेन्सी स्पोर्टले १६ वटा पार्किङबोर्ड प्रदान गरेका हुन् ।