May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यू

जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यू

लुम्बिनी पत्र । जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यू भएको छ । साउन २ गते बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ६ मोतिपुर बस्ने बर्ष ७० को गोरे थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएको अवस्था संगै गोठाला गएका मानिसहरु घर फिर्ता भएको र निज गोरे थापा घरमा नआएकोले स्थानियबासीहरु जंगल गई खो.त.गर्दा फेला नपरेको भनि बेलुका ८ बजे अस्थाई प्रहरी पोष्ट बकुवामा जानकारी प्राप्त हुनासाथ प्र.स.नि. अब्दुल कलाम खाँको कमाण्डमा प्रहरी टोली, ठाकुरद्वारा राष्ट्रिय निकुञ्जबाट जम्दार जय बहादुर चन्दको कमाण्डमा ८ जना ३ वटा हात्ती सहितको टोली र स्थानिय सहितले खोजतलास गरेका थिए । खोजतलाश गर्ने क्रममा असार ३ गते बिहान ८ बजेको समयमा ठाकुर बाबा ६ ओराही पुल देखी अन्दाजी ५०० मि. तल खोलाको बाँध नजिकै गर्दनको मासु खाई टाउको र शरिरको भाग छुट्टिएको, दाहिने खुट्टा शरिरको भाग बाट समेत छुट्टिएको, पैतलाको भाग बाहेक खुट्टाको भाग खाई मृत अबस्थामा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो।