युनिक नेपालद्वारा राजापुरमा राहात बितरण
लुम्बिनी पत्र । युनिक नेपाल बर्दियाले राजापुर नगरपालिकाका अति बिपन्न परिवारलाई राहत बितरण गरेको छ । कोभिडका कारण रोजगार गुमाएका राजापुर नगरपालिका वडा नं ४ का १०० परिवारलाई राहत बितरण गरिएको हो ।
प्रति परिवार २५ केजी चामल १ प्याकेट नुन, २० पिस माक्स, सावुन लगायतका सामग्री बितरण गरिएको युनिक नेपालका अध्यक्ष प्रिमवहादुर चौधरीले बताउनुभयो ।
युनिक नेपाल बिगतका दिनमा बिभिन्न सहयोग कार्यक्रम गर्दै आएको भन्दै आगामि दिनमा निरन्तर सहयोग गर्न तयार रहेको युनिक नेपालका संरक्षक तथा पूर्व भुमिसुधार मंत्री डा गोपाल दहितले बताउनु भयो । बर्दिया उद्योग बार्णिज्य संघले राहतकोलागी पहल गरेकामा आफुहरुले सानो राहत दिएको भन्दै सदुपयोग गर्न समेत डा. दहितले सवैमा आग्रह गर्नुभयो । बर्दिया उद्योग बार्णिज्य संघको समन्वयमा युनिक नेपालले राहत बितरण गरेको हो ।
कोरोना महामारीबाट जोगिन सहयोग पुग्ने उद्देश्यले युनिकले बिभिन्न उपकरण लगायतका विभिन्न स्वास्थ सामग्री सहयोग गरिसकेको छ । बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मीको अध्यक्षतामा राहत बितरण कार्यक्रमको आयोजना गरिएको हो ।
प्रतिकृया दिनुहोस्