September 18, 2023, Monday
१ आश्विन २०८०, सोमबार
Trending

भारतीय वनका कर्मचारीद्वारा नेपाली युवाको अपहरण, खोजीका लागि टोली परिचालन

भारतीय वनका कर्मचारीद्वारा नेपाली युवाको अपहरण, खोजीका लागि टोली परिचालन

लुम्बिनी पत्र। भारतीय वनका कर्मचारीले बर्दियाको सीमा भित्र आएर २ नेपालीलाई ६० वटा बाख्रा सहित अपहरण शैलीमा भारत लिएर गएका छन् । बर्दियाको बढैया ताल १ सानो डाँफे मा  नेपाल भारत ४३ नम्बर पिलर नजिकै नेपाल तर्फ बाख्रा चराई रहेका १६ वर्षीय खिम बहादुर र यम बहादुर रावतलाई भारतीय वनका कर्मचारी प्रतीक र अमित भाई भन्नेले भारत लिएर गएका हुन् । भारतको ३ वटा काठ हराएको भन्दै काठ फिर्ता गर्नुपर्ने भन्दै नेपाली भूमिबाट भारतीय वनका कर्मचारीले २ नेपाली र ६० वटा बाख्रा जबर्जस्ती लिएर गएको स्थानीय भीम सिंहले बताउनु भयो। घटना बारे आवश्यक अनुसन्धान भई रहेको र काउन्टर पार्ट संग कुरा गरी नेपालीहरूको रिहाई र बाख्रा फिर्ता गराउन आवश्यक पहल गर्ने बर्दियाका प्रजिअ सन्त बहादुर सुनारले बताउनु भयो ।  युवा फर्काउन टोली परिचालन गरेका छौं : उँहाले भन्नु भयो।