युवा विद्यार्थीका ढुकढुकी गृहमन्त्री खाँड
लुम्बिनी पत्र । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण गृहमन्त्री हुनु भएको छ । उँहालाई आजै पद तथा गोपनीयताको शपथ गराइएको छ । तिलोत्तमा नगरपालिका ८, रूपन्देही स्थायी बसोबास गर्ने खाण २०१७ असार १८ गते स्याङ्जामा जन्मिनु भएको हो । उहा नोइन्द्रबहादुर खाण र टोपकुमारी खाणका छोरा हुनु हुन्छ। समानुपातिकतर्फका सांसद खाणले २०३३ सालमा नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नु भएको थियो।
त्यसपछि नेविसंघ रूपन्देहीको जिल्ला अध्यक्ष हुँदै २०३९ सालमा नेविसंघको केन्द्रीय समिति सदस्य, त्रिवि स्ववियु सभापति २०४३ र नेविसंघ अध्यक्ष २०४४ सालमा बन्नु भयो । त्यस्तै २०५४ सालमा नेपाल तरुण दल अध्यक्षको अध्यक्ष बन्नु भयो । उँहा २०५६ सालदेखि निरन्तर नेपाली कांग्रेस केन्द्रीय समितिको सदस्य हुनुहुन्छ।
उँहा रूपन्देही ३ बाट २०४८ सालमा प्रतिनिधि सभा सदस्य तथा संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा निर्वाचित हुनु भएको थियो । खाणले संविधान निर्माणमा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गर्नु भएको थियो।
यसअघि उँहा शिक्षा तथा खेलकुद राज्यमन्त्री, २०६६ सालमा सिँचाइमन्त्री र २०७३ मा रक्षामन्त्री बन्नु भएको थियो । स्नाकोत्तर गर्नु भएका खाण कांग्रेसको विद्यार्थी र युवा फाँट दुवैको नेतृत्व गर्नु भएको छ । संसदीय राजनीतिमा अनुभवी सांसदका रूपमा परिचित उँहा चारपटक सांसद बनी सक्नु भएको छ ।
प्रतिकृया दिनुहोस्