तस्करीमा बालबालिकाको प्रयोग हुन् थालेकाले अभिभावकहरु सचेत हुनु पर्ने
लुम्बिनी पत्र । बर्दियामा चोरी तस्करीमा बालबालिकाको प्रयोग हुन् थालेकोले अभिभावकहरु सजग र सतर्क हुनु पर्ने देखिन्छ । सीमा नाकामा भारत तर्फ डिजल, पेट्रोल तस्करी गरी पठाउन र नेपाल तर्फ सुर्ती, लागु औषध, खाद्यबस्तु तस्करी गरी ल्याउन तस्करहरुले बालबालिका प्रयोग गर्न थालेको सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हे.क्वा.बर्दियाका प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयाे । असार २४ गते नेपालबाट भारततर्फ चोरी निकासी भईरहेको डिजल १२० लिटर र ओसारपसारमा संलग्न ३ वटा साईकल गरी रु.१७ हजार ४सय मल्यसहित ३ जना बालक नियन्त्रणमा परेका थिए। नियन्त्रणमा परेका ३ जना बालकका अभिभावकले १७ हजार ४ सय धरौटी रकम जम्मा गरी आफ्ना बालबालिकालाई तस्करी मुद्दाबाट मुक्त गराएका छन् । असार २४ गते बरामद सामान र धरौटी गरी जम्मा रकम रु.३४ हजार ८सय रकम छोटी भन्सार कार्यालय गुलरिया बर्दियामा दाखिला भएको छ।
बर्दिया जिल्लामा सशस्त्र प्रहरी बलको बि.ओ.पि.हरु थप भए सँगै सीमाको प्रभावकारी सुरक्षा ब्यवस्थापन भई अबैध रुपमा हुने चोरी, निकासी पैठारी समेत उल्लेखनिय रुपमा नियन्त्रण हुँदै राजश्व बृद्धिमा समेत सकारात्मक प्रभाव परेको सशस्त्र प्रहरी उपरीक्षक रावतले बताउनु भयो।सिमा नाकाहरुमा खटिने डिउटीले दिनहुजसो चोरी तस्करिजन्य मालसामानहरु पक्राउ गरिरहेका छन्। बर्दियामा सशस्त्र प्रहरी , प्रहरी, प्रशासनलाई तस्करी नियन्त्रणमा क्रमशः ठूलो र बढी सफलता मिल्दै आएको प्रजिअ सन्त बहादुर सुनारले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्