November 7, 2025, Friday
२२ कार्तिक २०८२, शुक्रबार
Trending

बर्दियामा दुई दुःखद घटना : कम्पाइनको ठक्कर र खोलामा डुबेर बालकको मृत्यु

बर्दियामा दुई दुःखद घटना : कम्पाइनको ठक्कर र खोलामा डुबेर बालकको मृत्यु

बर्दिया— जिल्लामा  दुई अलग–अलग घटनामा एक वृद्ध र एक बालकको मृत्यु भएको छ।

गेरुवा गाउँपालिका–२ राजीपुरका ७१ वर्षीय तारासिंह हमालको साइकलमा यात्रा गरिरहेका बेला धान काटेर फर्किंदै गरेको कम्पाइनले दिउँसो साढे २ बजे पाताभार पक्की सडकमा ठक्कर दिएको थियो। गम्भीर घाइते हमाललाई तत्काल राजापुर नगर अस्पताल पुर्‍याइएको भए पनि उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ। कम्पाइन र चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

मंगलबार दिउँसो ठाकुरबाबा नगरपालिका–७ बठनपुरका १३ वर्षीय अभिषेक बुढा औहरी खोलामा डुबेर ज्यान गुमाएका छन्। नगरस्तरीय आठौँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटनमा जान घरबाट निस्किएका बुढा प्रतियोगितामा नगई खोलामा पौडी खेल्न गएका थिए। घरदेखि तीन किलोमिटर टाढा रहेको औहरी खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको शव प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिए।