बर्दियाको खैलारमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ, नगद र तास बरामद
ठाकुरबाबा— जिल्ला बर्दिया अन्तर्गत ठाकुरबाबा नगरपालिका–४, खैलारस्थित टोप बहादुर थापाको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दै ९ जनालाई नियन्त्रणमा लिएको छ।
मिति २०८२।०७।०४ गते राति ००:३३ बजे, इलाका प्रहरी कार्यालय बग्नाहा भुरिगाउँबाट प्र.ब.ना.नि. बाल बहादुर थापाको नेतृत्वमा खटिएको १० जनाको टोलीले उक्त स्थानमा छापा मारेको हो।
पक्राउ परेका व्यक्तिहरु: १. घोडासैनी, ३२ वर्ष २. रेशम बहादुर थापा, ३० वर्ष ३. जगतराम थारु, ४३ वर्ष ४. सुदर्शन थापा, ३२ वर्ष ५. दण्ड न्यौपाने, ४३ वर्ष ६. खडक प्रसाद रेग्मी, ४८ वर्ष ७. टोप बहादुर थापा, ४६ वर्ष ८. डम्मर थारु, २६ वर्ष ९. बासुदेब घिमिरे (गुल्मी निवासी, पाहुना), ३१ वर्ष
बरामद सामग्री:
- जुवा खालबाट: रु ५१,५००
- व्यक्तिहरुबाट: रु ८४,२२५
- डस्बिनबाट: रु १५,०००
- तास: ६ गड्डी जम्मा नगद: रु १,५०,७२५
उक्त स्थान इलाका प्रहरी कार्यालय बग्नाहा भुरिगाउँबाट करिब ६ कि.मि. दक्षिण–पूर्वमा पर्ने बताइएको छ।
कार्तिक ३ सम्म संखुवासभा, ललितपुर, काभ्रे, सिन्धुली, कास्की, दाङ, बाँके र जुम्लालगायत जिल्लामा प्रहरीले विशेष अभियान सञ्चालन गरी जुवातास खेलिरहेको अवस्थामा ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकासँग करिब २८ लाखभन्दा बढी नगद र तासका बुक बरामद गरिएको प्रहरीले जनाएको छ।
सामाजिक सन्देश:
जुवातास जस्तो गैरकानुनी गतिविधिले समाजमा अस्थिरता, आर्थिक क्षति, र पारिवारिक विघटन निम्त्याउँछ। प्रहरीको सक्रियता र नागरिक सचेतनाले यस्ता गतिविधिहरू नियन्त्रणमा ल्याउन सकिन्छ।
यदि तपाईंले यस्ता गतिविधिको जानकारी पाउनुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुहोस्।

प्रतिकृया दिनुहोस्