December 2, 2025, Tuesday
१७ मंसिर २०८२, मंगलवार
Trending

बाँसगढीको शान्तिपुरमा जुवाको खालमा प्रहरीको छापा, नगदसहित १० जना नियन्त्रणमा

बाँसगढीको शान्तिपुरमा जुवाको खालमा प्रहरीको छापा, नगदसहित १० जना नियन्त्रणमा

बर्दिया — बाँसगढी नगरपालिका–३ शान्तिपुरमा जुवा तास खेलिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको टोलीले छापा मार्दै नगदसहित १० जनालाई नियन्त्रणमा लिएको छ।

२०७८ साल भदौ ३ गते राति १२:१५ बजे ६० वर्षीय खिम बहादुर महतको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको हो। घटनास्थलबाट रु. ५४,३१५, दुई गड्डी तास र पाँच थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय बर्दियाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मोतिपुरमा राखिएको छ।

पक्राउ परेका व्यक्तिहरूको विवरण:

  • सौगात खड़का (१८ वर्ष)
  • साजित गुजर (३१ वर्ष)
  • अनुप खड़का (२८ वर्ष)
  • लोक बहादुर खड़का (३३ वर्ष)
  • राम शरण थारू (४१ वर्ष)
  • खिम बहादुर महत (६० वर्ष)
  • भुपेन्द्र डाँगी (३९ वर्ष)
  • रामु खड़का (५१ वर्ष)
  • वियज कुमार खड़का (३० वर्ष)
  • धीरज कुमार खत्री (२५ वर्ष)

प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जनताको सुरक्षाका लागि यस्ता अवैध गतिविधिमाथि निगरानी बढाइएको जानकारी दिएका छन्।