गुप्तीपुरस्थित कर्णाली नदीको किनारमा अन्दाजी ५५ वर्षका एक पुरुषको शव फेला
बर्दिया– गेरुवा गाउँपालिका–६, गुप्तीपुरस्थित कर्णाली नदीको किनारमा अन्दाजी ५५ वर्षका एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र डमर पालका अनुसार बुधबार दिउँसो करिब ३ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै मनाउ प्रहरी चौकी, पाताभार इलाका प्रहरी कार्यालय र राजापुरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। डीएसपी पालका अनुसार शवलाई पोस्टमार्टमका लागि राजापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ। प्रहरीले शवको पहिचान गर्ने प्रयास जारी राखेको छ।

प्रतिकृया दिनुहोस्