December 8, 2025, Monday
२३ मंसिर २०८२, सोमबार
Trending

रूपन्देही-३ मा उपनिर्वाचन, राजनीतिक दल दर्ताका लागि आह्वान

रूपन्देही-३ मा उपनिर्वाचन, राजनीतिक दल दर्ताका लागि आह्वान

काठमाडौं: निर्वाचन आयोगले रूपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। २०८२ साल कार्तिक १७ गते हुने रिक्त प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई दल दर्ताका लागि निवेदन दिन भनिएको हो

दलहरूले २०८२ साल साउन २१ देखि साउन २७ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोग, कान्तिपथमा निवेदन दिन सक्नेछन्

दल दर्ताका लागि आवश्यक कागजात तथा विवरणहरू:

  • राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निवेदन
  • राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जालको खाताजस्ता विवरण
  • दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या
  • आर्थिक वर्ष २०८०/८१ को वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको मिति
  • उपनिर्वाचनका लागि दल दर्ता गर्न र उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि
  • आयोगमा दल दर्ताका लागि दिइएको निवेदनमा दलका प्रमुख पदाधिकारीको दस्तखत
  • उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको नाम, थर, पद र सम्पर्क नम्बरसहितको दस्तखत नमूना
  • संविधानको धारा २६९ को उपधारा (४) बमोजिमका शर्तहरू पूरा गरेको र ती शर्तहरू पूरा गर्ने प्रतिबद्धता जनाएको पत्र
  • दल दर्ताको निवेदनका साथ प्रमुख पदाधिकारी वा उनले अधिकार दिएको व्यक्तिले प्रमाणित गरेको आयोगबाट स्वीकृत रुजुसूची (चेकलिष्ट)

थप जानकारीका लागि आयोगको सचिवालय वा टेलिफोन नम्बर ०१-५३२८६६३, ०१-५३२३१८२, ०१-५३२५५८१ मा सम्पर्क गर्न सकिनेछ यो सूचना सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी गरिएको हो