जनप्रतिनिधिहरूको बैठक भत्ता र कर्मचारीको प्रोत्साहन भत्ता खारेज

वारबर्दिया। बारबर्दिया नगरपालिकाको १६औ नगर सभाले जनप्रतिनिधिहरूको बैठक भत्ता र कर्मचारीले लिदै आएको प्रोत्साहन भत्ता खारेज गरेको छ।
सभाले सकारात्मक बिभेदको आधारमा प्राविधिक र डाक्टरको प्रोत्साहन भत्ता, कर्मचारीलाई समान फिल्ड भत्ता र मुल बडघरहरुलाई रिचार्ज खर्च मासिक रु ५०० उपलब्ध गराउने भएको प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताउनु भएको छ।
सभाले नगरको वडा तहका करार स्थायी,अस्थायी, ज्यालादारी कार्यालय सहयोगीदेखि हाकिमसम्म संचार खर्च बापत रु. एकहजार दिने निर्णय गरेको नगर प्रमुख छविलाल थारुले बताउनु भयो।
नगर सभाका सभा अध्यक्ष नगर प्रमुख आदरणीय छविलाल थारू, सभा उपाध्यक्ष नगर उप प्रमुख रत्न कुमारी पाण्डे, सभा सचिव प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्य, सभा सदस्यहरु राष्ट्रसेवक कर्मचारी,संचारकर्मीहरुको उपस्थितिमा उत्कृष्ट करदाता र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान समेत गरिएको छ।
प्रतिकृया दिनुहोस्