६७ औं प्रहरी दिवस २०७९” बर्दियामा विविध कार्यक्रमका साथ सम्पन्न
गुलरिया। गौरवमय ईतिहास बोकेको नेपाल प्रहरीको “६७ औं प्रहरी दिवस २०७९” जिल्ला प्रहरी कार्यालय बर्दियामा विविध कार्यक्रमका साथ मनाईएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको प्रमुख आतिथ्यता, गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादवको विशेष आतिथ्यतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैह्र सरकारी कार्यालयका कार्यालय प्रमुख, नागरिक समाजका अगुवाहरु, अमर प्रहरी परिवार, पुर्व प्रहरी कर्मचारी, समुदाय प्रहरी साझेदारी संग आबद्द बिभिन्न संघ संस्थाहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, बिभिन्न राजनितिक पार्टिका प्रतिनिधिहरु, स्थानिय सरकारका जनप्रतिनिधीहरु, स्थानिय समाजसेवी, भद्र भलादमी, प्रहरी कर्मचारी, पत्रकारहरुको उपस्थिती रहेको प्रहरी नायब निरीक्षक हिक्मत बहादुर बोहोराले बताउनु भयो।
कार्यक्रममा अमर प्रहरी स्मारिकामा वीर अमर प्रहरी प्रती श्रद्धाञ्जली अर्पण गर्दै शोक सलामी दिई कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त अमर प्रहरी परिवारलाई कदरपत्रको साथमा दोसल्ला ओढाई सम्मान, प्रहरी कार्यमा उल्लेखनिय सहयोग गर्ने व्यक्ती तथा संस्थालाई कदरपत्र प्रदान गरिनुका साथै उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक हृदेश सापकोटा लगायतका प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत प्रदान गरिएको प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताउनु भयाे।
प्रतिकृया दिनुहोस्