चोरीको सामानसहित मुनालबस्तिका सञ्जय नेपाली पक्राउ
मैनापोखर । असोज १७ गते राती ९:३० बजेको समयमा जिल्ला बर्दिया बढैयाताल गा.पा. वडा नं.८ शितलाबजार स्थित ऐ.ऐ. बस्ने हेम बहादुर पोख्रेलको घरबाट बत्ती गएको बेलामा घरका मानिसहरु बाहिर निस्केको मौका छोपी निजको घरमा रहेको टिनको बाकस अपरिचित मानिसले चोरी गरी लगेका थिए। उक्त बाकसमा नगद रू. ४२ हजार पाँच सय, रा.बा. बैंक र सिभिल बैंकको चेक, भरूवा बन्दुको लाईसेन्स र अन्य कागजातहरु समेत रहेका थिए। साँझ १० :१५ बजेको समयमा इलाका प्रहरी कार्यालय मैनापोखरको मातहत प्रहरी चौकी सितलाबजारमा खबर प्राप्त हुनसाथ प्रहरी चौकीबाट प्रहरी टोलीले खटियो। खटिएको प्रहरी टोलिले १८ गते साँझको ६:२० बजेको समयमा चोरीको समान सहित जिल्ला बर्दिया बढैयाताल गा.पा. वडा नं.९ मुनाल बस्ती बस्ने वर्ष २९ को सञ्जय नेपालीलाई निजको घरबाटै पक्राउ गरी इलाका प्रहरी कार्यालय मैनापोखरमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाहीले बताउनु भयाे।
प्रतिकृया दिनुहोस्