ठाकुरबाबा, मधुवन, बारबर्दिया र बढैयाताल सेमी फाइनलमा

बार बर्दिया । आठौं संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा बारबर्दिया नगर खेलकुद विकास समितिको आयोजना तथा एन्टीभाइरस युवा समाज जमुनियाको संयोजनमा प्रथम पालिकास्तरीय कर्मचारी फुटबल प्रतियोगिता सुरु भएको छ। आज संचालित खेलहरुमा ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिका बिजयी भइ सेमिफाइनलमा प्रवेश गरेका छन्। असोज १० गते हुने पहिलो सेमिफाइनल खेल बढैयाताल गाउँपालिका विरुद्ध ठाकुरबाबा नगरपालिका बीच बिहान १० बजे हुनेछ भने दोस्रो सेमिफाइनल खेल बारबर्दिया नगरपालिका बिरुद्ध मधुवन नगरपालिका बीच १२ बजे हुनेछ ।
फाइनल खेल असोज १० गतेकै दिन ३ बजे देखि हुनेछ । जिल्लामै पहिलो पटक आयोजित कर्मचारीहरुबीचको यस प्रतियोगिताको उद्देश्य पालिकाहरुमा कार्यरत कर्मचारीहरुमा चिनजान तथा भाइचाराको सम्बन्ध स्थापना गर्ने र युवाहरुमा खेलकुद प्रति आकर्षण बढाउने उद्देश्यले सो प्रतियोगिता गरिएको हो ।
नगर प्रमुख छविलाल थारुको प्रमुख आतिथ्यतामा सम्पन्न आजको खेलहरु अवलोकन गर्न मधुवन नगरपालिकाका प्रमुख श्री तेज बहादुर भाट, बारबर्दिया नगरपालिकाका उप प्रमुख श्री रत्न कुमारी पाण्डे, बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री अशोक कोइराला, ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री रामहरि रिजाल, बारबर्दिया नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, खेलकुदसंग सम्बन्धित विभिन्न व्यक्तित्वहरु तथा विभिन्न पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्