September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

जानकी गाँउपालिकामा १५ शैयाको आधारभूत अस्पतालको काम धमाधम हुदै

जानकी गाँउपालिकामा १५ शैयाको आधारभूत अस्पतालको काम धमाधम हुदै

बाँके। स्थानिय तह निर्माण पछि जनताको सेवाका निम्ति विभिन्न खाले बिकासका काम भैइरहेको छ। ग्रामीण जनताको स्वास्थलाई मध्यनजर गरि सम्पुर्ण स्थानिय तहमा धमाधम स्वास्थ सस्था निर्माण भैइरहेका छन् । यस्तै बाँके जिल्लाको जानकी गाउँपालिकामा पनि संघिय सरकारको ११ करोड ४४ लाख १हजार १ सयमा आधारभूत अस्पतालको भवन निर्माण कार्य धमाधम सुचारू भैइरहेको जानकी गाउँपालिकाका ईञ्जिनियर प्रजेश कुमार आलेले बताउनु भएको छ । उहाले २०७८ माघ २३ गते शुरु भई २०८० माघ २४ मा सम्पन्न हुने उक्त साढे २ तलाको भवन निर्माण कार्य बिचमा केही समय मुल्यबृद्दिको कारणले केही काम रोकिएता पनि हाल भने निर्माण कार्यले तिव्रता पाएको बताउनु भयाे।गाउँपालिकाको आधारभूत अस्पतालको भवन निर्माण कार्य सम्पन्न गर्ने गरि हिम सागर अनक जेभीले काम गरिरहेको बताउनु भयो। उँहाले आधारभुत अस्पतालमा हुने सेवा सुबिधा सबै यस अस्पतालबाट पाइने बताउनु भयो । त्यस्तै आफ्नै गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण हुदा स्थानिय जनता खुसी भएको बताउदै त्यहिका स्थानीय बृजलाल यादबले आफुहरु सामान्य औषधि उपचार गर्न पनि नेपालगन्जमै धाउनु पर्ने बध्यता थियो अब पालिकामै सुबिधा सम्पन्नशालि अस्पताल निर्माण हुने भएपछी टाढा जाने समस्या हट्ने र सामान्य बिरामी हुँदा निशुल्क औषधिउपचार गर्न पाईने भए पछि अन्य गाउँलेहरु जस्तै आफुपनी खुसी भएको बताउनु भयो। बिकासकै क्रममा जानकी गाउँपालिकाले नि बिस्तारै फड्को मार्दै गरेको छ।स्थानिय जनताको छिटोछरितो सेवा र सुबिधाको लागि प्रशाशनिक भवन बन्दै गरेको छ उक्त प्रशासनिक भवनको २०७७ माघ २६ बाट निर्माण कार्य सुरु गरिएको हो ४ करोड २२ लाख ८४ हजार ८ सय १७ सम्पन्न हुने फेगिम / श्री कृष्ण / निशान जेबिले निर्माण गर्न लागेको हो।