September 18, 2023, Monday
१ आश्विन २०८०, सोमबार
Trending

सशस्त्र प्रहरीद्वारा बर्दियामा ४० लाख बढीको  बहुमूल्य जडीबुटी यार्सागुम्बा बरामद

सशस्त्र प्रहरीद्वारा बर्दियामा ४० लाख बढीको  बहुमूल्य जडीबुटी यार्सागुम्बा बरामद

गुलरिया। श्री सशस्त्र प्रहरी बल नेपाल न. ३१ गण सुरजपुर बर्दियाले बर्दियामा ४० लाख बढीको  बहुमूल्य जडीबुटी यार्सागुम्बा बरामद भएको छ ।
बर्दियाको गुलरिया ११ गणेशपुर लौकाही नेपाल भारत सीमा क्षेत्रबाट  साउन ४ गते दिउँसो ४ वजे १ किलो ४ सय ग्राम यार्सागुम्बा बरामद भएको हो।  गुलरिया १२ उचवा लालपुरका ३० वर्षका कमाल अहमद खाले ५ वटा पोकामा लुकाइछिपाई बहुमूल्य जडिबुटी यार्सागुम्बा सीमापार गराइरहेको अवस्थामा गुलरिया ११ गणेशपुर लौकाही नेपाल भारत सीमा क्षेत्रबाट सो यार्सागुम्बा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढा मगरले बताउनु भयाे। यार्सा गुम्बासहित पक्राउ परेका खालाई पक्राउ परेको यार्सा गुम्बासहित थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय बर्दियालाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बुढा मगरले बताउनु भयाे।  खा संग  सङ्कलन इजाजत र आवश्यक कागजात नभएको हुँदा उनलाई नियन्त्रणमा लिइएको हो। नेपाली बजारमा यार्सागुम्बाको बजार मूल्य प्रतिकिलो २८ लाख भन्दा बढी छ।