September 26, 2023, Tuesday
९ आश्विन २०८०, मंगलवार
Trending

बर्दियामा आगलागीमा परी एक युवकको ज्यान गयो

बर्दियामा आगलागीमा परी एक युवकको ज्यान गयो

बर्दिया । बारबर्दिया नगरपालिका वडा नं. ९ खैरेनी बस्ने १४ वर्षीय युवक दिनेश चौधरीको आगलागीबाट घरभित्र जली मृत्यु भएको छ । मृतकको लाश पोष्ट मार्टमको लागि बर्दिया अस्पताल गुलरिया राखिएको अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेम वहादुर शाहीले बताउनु भयाे। चैत्र २४ गते अन्दाजी राती १० बजेको समयमा बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ९ खैरेनी बस्ने सानु चौधरीको टिनले छाएको दुई कोठे एक तले कच्ची घरमा अचानक आगलागी भएको आगलागी हुँदा सानु चौधरीको श्रीमति र छोरी छिमेकीको घरमा गएको र बर्ष १४ को दिनेश चौधरी घर भित्र एक्लै सुतिरहेका थिए । अचानक आगलागि भएको भनि खबर प्राप्त हुनासाथ १० मिनेट भित्र प्र.चौ.कतर्नियाघाट तथा ई.प्र.का.मोतिपुर बाट प्रहरी टोली उक्तस्थानमा पुग्यो । स्थानीयबासी, प्रहरी र दमकलद्वारा उक्त आगो लगभग १ घण्टापछि नियन्त्रणमा लिएको छ।