October 26, 2025, Sunday
१० कार्तिक २०८२, आईतवार
Trending

सशस्त्र प्रहरीद्वारा बर्दियामा अबैध सामान बरामद

सशस्त्र प्रहरीद्वारा बर्दियामा अबैध सामान बरामद

गुलरिया ।  सशस्त्र प्रहरी बल नेपाल न ३१ गण हे.क्वा. बर्दिया र  गण मातहत युनिटहरुबाट खटी गएको गस्ती टोलिले ९७हजार ७सय ५० बराबरका बिभिन्न सामानहरु बरामद गरेको छ।  गएको २४ घन्टामा बर्दिया जिल्लाका विभिन्न नाकाबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ओसारपसार गर्दै गरेको अबस्थामा  बरामद गरेका सामान आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाका गणपति सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढामगरले बताउनु भयाे।