डुबान तथा पानी निकासको अवस्था अध्ययन
गुलरिया । नगर प्रमुख मुक्तिनाथ यादवको निर्देशन बमोजिम गुलरिया नगरमा डुबान तथा पानी निकासको अवस्था बारे स्थलगत वस्तुस्थिति अध्ययन गरेको गुलरिया नगरपालिकाका सब इन्जिनियर अर्जुन लम्सालले जानकारी दिनु भयो । भारी वर्षात, बाढीका कारण कुनै ठाउँमा डुबान भए नगर प्रमुख वा आफूलाई फोन गर्न सब इन्जिनियर लम्सालले सबैमा आग्रह गर्नु भएको छ। सब इन्जिनियर लम्सालले निर्माण सम्पन्न भएका र निर्माण सम्पन्न गर्नुपर्ने सडकहरुको पनि वस्तुस्थिति तथा अवस्था अध्यन्न गर्नु भएको छ।
प्रतिकृया दिनुहोस्