देशभर सुरक्षा परिचालनपछि विध्वंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ
काठमाडौं — मिति २०८२ भाद्र २४ गते राति १० बजेबाट देशभर नेपाली सेना सहित अन्य सुरक्षा निकायहरु परिचालित भएपछि विहान १० बजेसम्म काठमाडौं लगायत विभिन्न स्थानहरूमा अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ।
विध्वंस र लुटपाट नियन्त्रण विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै लुटपाट, आगजनी तथा जीउधनको क्षति गर्ने उद्देश्यले सक्रिय व्यक्तिहरूलाई नियन्त्रणमा लिने कार्य तीव्र रूपमा गरिएको छ।
- काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु. ३३ लाख ७० हजार नगद बरामद
- काठमाडौंबाट २३ र पोखराबाट ८ नाल गरी ३१ नाल हतियार, म्यागजिन तथा गोलीगठ्ठा बरामद
आगजनी नियन्त्रण प्रयास ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रणको कार्य जारी रहेको छ।
घाइतेको उपचार
- २३ जना नेपाल प्रहरी र ३ जना गैर-सैनिक नागरिक घाइते भएका छन्
- सबैको उपचार नेपाली सेनाको अस्पतालमा भइरहेको छ
सुरक्षा निकायको सक्रियता र समन्वयले देशभर शान्ति र सुरक्षाको पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।
थप जानकारीका लागि हेर्न सकिन्छ।

प्रतिकृया दिनुहोस्