संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासन” मा ठाकुरबाबा उत्कृष्ठ

संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासन” मा ठाकुरबाबा उत्कृष्ठ

भुरीगाँउ। नेपाल नगरपालिका सङ्घको ३२ औं स्थापना दिवसको अवसरमा “संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासन” को क्षेत्रमा उत्कृष्ट नगरपालिकाको रुपमा ठाकुरबाबा नगरपालिका नेपालकै एक उत्कृष्ट नगरपालिकाको रूपमा घोषित भई प्रधानमन्त्री के. पि. शर्मा ओलीबाट सम्मानित भएको छ ।

यो हामी सबैका लागि गौरवान्वित र खुशीको क्षण हो : नगर प्रमुख तिलक लम्सालले भन्नु भयो।

सुशासन, सेवा प्रभावकारिता, विद्युतीय शासन, बेरुजुको अवस्था, आर्थिक व्यवस्थापनमा देखाएको प्रतिबद्धता र पारदर्शिता, संस्थागत क्षमता आदि मुख्य कारणले नगरपालिका सम्मानित भएको हो।

स्थानीय स्तरमा प्रभावकारी विकासका कार्यक्रम, नागरिकमैत्री सेवा, र वित्तीय अनुशासनलाई प्राथमिकता दिएको छ, जसका कारण यो सफलताको पहिचान भएको नगर उप प्रमुख बिना भट्टराईले बताउनु भयो ।

यस उपलब्धिले ठाकुरबाबा नगरपालिकालाई अझ बढी उत्तरदायी, पारदर्शी, र प्रभावकारी सेवा प्रवाह गर्न हौसला प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत नारायण ढकालले बताउनु भयो।