January 11, 2026, Sunday
२७ पुष २०८२, आईतवार
Trending

जनभावना बुझेर काम गरौं : गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस

जनभावना बुझेर काम गरौं : गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस

सडकमा उत्रिएका नेपालीहरु जो सुकै भएपनि नेपाली नैं हुन्। त्यहाँ देखिएका निश्चित पात्रहरु बाहेक अरु निर्दोष छन्,कुनैं खोट छैन।२०६३ सालको ऐतिहासिक परिवर्तन सिमित व्यक्तिका लागि मात्रै उपयोगी सावित भएको बेला सार्वजनिक स्थलमाअभिव्यक्त जनआक्रोशलाई नजरअन्दाज गर्ने गल्ति नगरौं,जनभावना बुझेर काम गरौं।

जनता जनार्दन हुन् र राज्य शक्तिको स्रोतपनि। शासन प्रणाली यान्त्रिक होइन,भावनात्मक हुनुपर्छ र सरकारको कामले जनताको दैनिन्दिन जीवनलाई स्पर्श गर्न सक्नुपर्छ।लोकतान्त्रिक शासन प्रणाली निर्बिकल्प र सर्वोत्तम हो तर निशर्त होइन। यो प्रणाली सिमित व्यक्तिको स्वार्थ र महात्वाकांक्षा पुरा गर्ने हतियार वा साधन होइन। गणतन्त्रलाई केही व्यक्तिले कठपुतली बनाउने हो भने निश्चितरूपमा यसको औचित्यमा प्रश्न उठ्छ नैं,चेतना भया!!