February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

कृषि विकास बैंक ५८ वर्ष पुग्यो

कृषि विकास बैंक ५८ वर्ष पुग्यो

गुलरिया। कृषि विकास बैंकले स्थापनाको ५८ वर्ष पुरा गरेको छ। आज बैंकले आज विषेश समारोहका साथ ५८ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। बैंक परिसरमा आयोजित वार्षिकोत्सव समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा ब्यक्त गर्नुभयो। हाल बैकिङ्ग बजारमा निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुनु चुनौतीको रुपमा रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय समग्र अर्थ तन्त्रका सुचकहरुमा सकरात्मक हुने संकेत देखिएकोले बैंकहरुले पनि कर्जा लगानीलाई थप सर्वसुलभ ढंगले कर्जा प्रवाह गर्ने गरी आफ्ना कार्यक्रमहरु बढाउन आग्रह गर्नु भयो। सोही अवसरमा बैंकले प्रमुख अतिथी अर्थमन्त्री पौडेलबाट बैंकको नयाँ वेब साइटको शुभारम्भ समेत गरेको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अतिथी नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीले बैंकहरुले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्त गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो ।

पछिल्लो समय बैकिङ्ग बजार केहि चुनौती भए पनि पालना गर्नु न्युनत्तम नियमको पालना गर्दै कषि विकास बैंकले गत आ.व.मा गरेको प्रगतिले यहाँका कर्मचारीहरुलाई मात्र नभई बैंकको हितचाहने ग्राहक लगायत सम्पूर्णलाई उत्साहित बनाएको विचार व्यक्तगर्दै उनले बैंकको प्रशंसा गरे ।

त्यसैगरी बैंकले प्रकाशन गरेको ५८औं वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि विमोचन समेत गरिएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि विकास बैंकका पूर्व महाप्रबन्धक श्रीकृष्ण उपाध्याय, लगायतका अतिथिले वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्णमा स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङले हाल बैंकको समग्र गतिविधिको समेत जानकारी दिनुभयो। समारोहमा बैंकमा अविच्छिन्न २० वर्ष र २५ वर्ष काम गरेका कर्मचारीहरुलाई पदक र कदरपत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैंकका उपमहाप्रबन्धकहरु, विभागीय प्रमुखहरु, कर्मचारीहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो ।