सबैजसो खाजा, नास्ता पसल र होटलले सरसफाइमा ध्यान दिनु पर्ने

गुलरिया । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त बजार अनुगमन टोलीले गुलरिया नगरपालिका गुलरिया बजार भित्रका होटल, नास्ता पसल तथा मिठाइ पसलहरुमा अनुगमन गरेको छ।
नमूनाको रुपमा १० वटा पसल/व्यवसायमा अनुगमन गर्दा २ वटा मिठाइ पसल र १ वटा नास्ता पसल गरी जम्मा ३ वटा पसललाई रु. ५०००/- का दरले जम्मा रु. १५०००/- जरिवाना गरिएको छ ।
१ वटा मिठाइ पसल र ५ वटा नास्ता पसल गरी जम्मा ६ वटा पसल/व्यवसायबाट ढूसी लागेका, रङ्ग प्रयोग भएका मिठाइ, जेरी तथा पाउरोटी र लेबल नभएको चाउमिन नष्ट गरिएको छ ।
४ वटा पसलहरुबाट ५ वटा नमूना संकलन गरी परीक्षणको लागि पठाइएको छ।
सबै जसो पसल/व्यवसायीहरुलाई सरसफाईमा विशेष ध्यान दिन, मिसावटयुक्त खाद्यबस्तु तयार नगर्न एवम् विक्रिवितरण नगर्ने जस्ता निर्देशनहरु दिइएको सहायक प्रजिअ रोशन कुमार कठायतले बताउनु भयो।
प्रतिकृया दिनुहोस्