भारतीय वन रक्षकले बर्दियाका नागरिकलाई पटक पटक बन्दुक किन ताक्छन् ?

गुलरिया। बर्दियामा नेपाल भारतको खुला सीमा क्षेत्र ७८ किलोमिटर छ । सीमामा दर्जनभन्दा बढी नेपाली गाउँ छन् । सीमावर्ती क्षेत्रमा नेपाल र भारतीय नागरिकबीच बिहेबारी समेत हुने भएकाले ओहोर दोहोर गर्नुपर्ने बाध्यता छ । तर वन रक्षकहरु अनावश्यक दुःख दिएका कारण नेपाली नागरिक हैरानी खेप्न बाध्य छन्।
भारतीय सशस्त्र वन रक्षकले हानेको गोली लागेर एक नेपाली घाइते हुनु भएको छ । बर्दियाको गुलरिया नगरपालिका–८ आशापुर टोलका बलराम लोध (४५) घाइते हुनु भएको हो।
बलराम च्याउ टिप्न साथीहरुसँगै आइतबार साँझ सीमावर्ती मुर्तियाको जंगलमा पुग्नु भएको थियो। आफूहरुलाई देख्नासाथ भारतीय सशस्त्र वन रक्षकको गस्ती टोलीले दुई राउन्ड गोली चलाएको घाइते बलरामले जानकारी दिनु भयो।
नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत उनको टाउको, ढाड, हात र खुटटामा १६ वटा छर्रा लागेको छ। उनले भने, लोधले भने, ‘भाग्दै नेपालतर्फ आएर ज्यान जोगाएँ ।’
गोलीको छर्रा लागेर घाइते हुनु भएका बलरामलाई उनका आफन्तले जिल्ला अस्पताल, गुलरिया पु¥याएका थिए।
जिल्लाले थप उपचारका लागि नेपालगञ्ज लैजान भनेपछि आइतबार राति शिक्षण अस्पताल आइपुग्नु भएको हो।
बलरामको परिवारको खेत नेपाल भारतको सीमावर्ती क्षेत्रमा रहेको ६२ नम्बर पिल्लर नजिकै छ ।
खेतको दक्षिणतर्फ जंगल छ । भारतबाट जंगली जनावर आएर धानबालीमा नोक्सान गरिदिन्छ । वन्यजन्तु धपाउँदै भारतीय जंगलतर्फ जाँदा भारतीय वन रक्षकहरुले धम्काउनुका साथ कुटपिट गर्ने गरेको छन्।
थुपै पटक गोली समेत चलाउने गरेका छन् । १ असार २०८१ मा गुलरिया नगरपालिका वडा–९ का खगेन्द्र सुनारलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । त्यसक्रममा खुटटा भाचिएका उनलाई छाड्न ५० हजार बुझाउनुपर्ने शर्त राखेका थिए ।
१७ असार २०७९ मा गुलरिया–३ का हेमराज गोडियालाई गोली हानेका थिए । भारतीय जङ्गलमा निउरो टिप्न गएका बेला उनीमाथि गोली प्रहार भएको थियो ।
१४ चैत २०७१ मा सशस्त्र वन रक्षकले अन्तर्राष्ट्रिय सीमा स्तम्भ ६२ र ६३ बीचको दशगजाबाट करिब ४ सय मिटर नेपालतर्फ आएर ४ राउन्ड गोली प्रहार गरेका थिए । गोली लागेर गुलरिया ११ आशापुरका २८ वर्षीय रमेश लोध घाइते हुनु भएको थियो ।
३ चैत २०७१ मा भारतीय वनरक्षकको टोली हतियारसहित नेपाली भूमिमा प्रवेश गरी बादर धपाउँदै गरेका गुलरिया १६ नम्बर गाउँका रूपलाल विक (३५) लाई कुटपिट गरेका थिए ।
विकलाई वन्यजन्तु चोरी शिकारको झुटो अभियोग लगाउँदै बहराइच कारागार चलान गरेका थिए । कामको खोजीमा भारत देहरादुन जान लागेका सानोश्री ७ का कृष्णप्रसाद न्यौपाने र जितेन्द्र थापालाई भारतीय वनरक्षकले पक्राउ गरी थुनेका थिए।
भारतीय सुरक्षाकर्मीबाट पक्राउ गरेका बर्दियाका हर्कबहादुर शाही, राममिलन लोधको अवस्था अज्ञात रहेको छ।
प्रतिकृया दिनुहोस्