विचार : गेरुवा नदीको पूर्वी किनारा राष्ट्रिय निकुञ्जको पश्चिम सिमाना हुनेछ भनी लेखौं
येम नाथ घिमिरे
पब्लिक राजनीतिज्ञ, बर्दिया
चिसापानी पुलको दक्षिण कर्णाली नदीको पश्चिम किनार कैलाली तर्फ जथाभावी भइरहेको नदीजन्य पदार्थको उत्खनन केही समयलाई रोकी बर्दिया राष्ट्रिय निकुञ्जको लालमाटी क्षेत्रको निकुञ्जतर्फ कर्णाली नदीको पूर्वी किनारमा नदी बग्ने स्थानमा करिव २ कि.मी.क्षेत्रमा थुप्रीएको नदीजन्य पदार्थ उत्खनन् गरी हटाएर पाटेबाघ लगायतको मुख्य वासस्थान रहेको बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएको गेरुवा कर्णाली नदी (कर्णालीको पूर्वी भंगालो) मा पानीको बहाव वृद्धि गरी वन्यजन्तुको वृद्धि तथा विकासका साथसाथै ठाकुरबाबा, मधुवन, गेरुवा, राजापुर किसानलाई पर्याप्त सिँचाई सुविधा पुर्याई कृषि उत्पादन वृद्धि गरौं ।
गेरुवा नदीको पश्चिम किनारा शाही बर्दिया राष्ट्रिय निकुञ्जको पश्चिम सिमाना हुने भनी नेपाल राजपत्रमा २०४५ मंसिर २० गते प्रकाशित प्रावधान अनुसार निकुञ्जको सिमाना कहाँसम्म थियो सो पत्ता लगाई सिमांकन गरी कानुन संशोधन गरी नयाँ राजपत्रमा गेरुवा नदीको पूर्वी किनारा राष्ट्रिय निकुञ्जको पश्चिम सिमाना हुनेछ भनी लेखी पक्की तटबन्ध गरी नदीको उचित व्यवस्थापनद्वारा गेरुवा गाउँपालिकाका नागरिकको हजारौं बिगाहा जग्गाको संरक्षण गरी अन्यायमा परेका नागरिकलाई न्याय दिई बर्दिया राष्ट्रिय निकुञ्ज र वन्यजन्तुको दिगो संरक्षणमा ३ वटै सरकारका जिम्मेवार निकायले तत्काल कार्य प्रारम्भ गरौ।
प्रतिकृया दिनुहोस्