October 4, 2024, Friday
१८ आश्विन २०८१, शुक्रबार

स्थानीय सरकारले संविधानको मूल मर्म अनुसार नै काम गरेको छ : मेयर लम्साल

स्थानीय सरकारले संविधानको मूल मर्म अनुसार नै काम गरेको छ : मेयर लम्साल

ठाकुरबाबा। संविधान दिवस(राष्ट्रिय दिवस) २०८१ तथा राष्ट्रिय शिक्षा दिवस २०८१ विभिन्न रचनात्मक कार्यक्रम गरी एक समारोहका बीच सफलतापूर्वक सम्पन्न गरिएको छ ।

कार्यक्रम ठाकुरबाबा नगरपालिका प्रमुख श्री तिलकाराम लम्सालको अध्यक्षता, जिल्ला समन्वय समितिका सभापति  सुर्य बहादुर बिष्टको प्रमुख आतिथ्यता, उप प्रमुख  बिना कुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय सरोकारवाला निकाय, सम्पूर्ण विद्यायका प्र.अ. शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको उपस्थितिमा मनाईयो ।

कार्यक्रममा संविधान दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्नुहुँदै विभिन्न वक्ताहरूले नेपालको संविधान २०७२ जारी भएको ऐतिहासिक दिनको शुभ अवसरमा संविधान दिवस २०८१ को शुभकामना दिँदै संविधानको मूल मर्म अनुसार अगाडी बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न शैक्षिक क्षेत्रमा योगदान दिनुहुने उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै प्रमुखले नगरपालिकाले शिक्षा क्षेत्रमा हासिल गरेको उपलब्धिलाई जोगाउँदै थप ऊर्जा सहित काम गर्न सम्पूर्णमा अनुरोध गर्नुभयो । साथै स्थानीय सरकारले संविधानको मूल मर्म अनुसार नै काम गरेको हुँदै सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो। औपचारिक कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा हार्दिक धन्यवाद दिनुभयो । साथै संविधान दिवसको अवसरमा हुन लागेको वृहत रक्तदान कार्यक्रममा सहभागी हुन सबैमा अनुरोध गर्नुभयो ।