तीज नाच हुँदै गर्दा स्याउली बजारमा देखिएको अजिङ्गरको सशस्त्रद्वारा उद्दार
बढैयाताल । जिल्लाको बढैयाताल गाउँपालिका वार्ड नं ८ स्याउली बजारमा आज एक्कासी अजिङ्गर देखिएको छ ।
हिन्दू नारी हरु हरितालिका तीजको रमझममा रहेका बखत व्यस्त बजारमा एक्कासी अजिङ्गर देखिएको हो।
स्थानीय त्रसित भए पश्चात सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कण्ठपुर बाट सशस्त्र प्रहरीको उद्दार टोली आई संरक्षित , दुर्लभ तथा लोपोन्मुख सूचीमा रहेको अजिङ्गर लाई नियन्त्रणमा लिएको थियो ।
घना जंगलमा बस्ने प्रजातिको अन्दाजी १२ किलो तौल र १० फिट लामो सरीसृप अजिङ्गर व्यस्त बजारमा कसरी देखियो अझै एकीन हुन सकेको छैन ।
धार्मिक र पर्यावरणीय हिसाबले अजिङ्गर महत्वपुर्ण मानिन्छ । नेपालमा पहिचान भएका सर्पको ९० प्रजाति मध्ये अजिङ्गर दुर्लभ तथा लोपोन्मुख मानिन्छ । डिभिजन वन कार्यालय बर्दियाका कर्मचारीले उद्धार भएको अजिङ्गरलाई जिल्लाकै संरक्षित क्षेत्रमा आजै छोडिने बताएका छन् ।
उद्दार गरिएको अजिङ्गर अहिले राति १० बजे डिभिजन बन कार्यालयका जमदार अशोक कुमार क्षेत्री लाई बुझाइएको छ।
प्रतिकृया दिनुहोस्