February 3, 2025, Monday
२१ माघ २०८१, सोमबार

केन्द्रीय विभागहरूको प्रमुख मनोनयन

केन्द्रीय विभागहरूको प्रमुख मनोनयन

गुलरिया। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गर्नु भएको छ ।

राज्य प्रशासन विभाग प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभाग प्रमुखमा मधु आचार्य , अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग प्रमुखमा मानबहादुर विश्वकर्मा, संघीय मामिला समन्वय विभाग चन्द्रबहादुर के.सी., संसदीय मामिला विभाग गोविन्दबहादुर शाह, कानून विभाग प्रमुखमा मानबहादुर नेपाली, विद्यार्थी विभाग प्रमुखमा राजीव ढुंगाना, पेशागत तथा वुद्धिजीवी विभाग प्रमुखमा डा. डिला संग्रौला, शिक्षा विभाग प्रमुखमा नैनसिंह महर, स्वास्थ्य विभाग प्रमुखमा डा. चन्द्रमोहन यादव, निर्माण व्यवसाय समन्वय विभाग  प्रमुखमा मदनबहादुर अमात्य, सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग प्रमुखमा शिवप्रसाद हुमागाँइ, कृषि तथा किसान विभाग प्रमुखमा उमेश श्रेष्ठ, खेलकूद विभाग प्रमुखमा उमेशजंग रायमाझी, प्राकृतिक स्रोत विभाग प्रमुखमा तारामान गुरुङ, साहित्य, कला तथा संस्कृति विभाग प्रमुखमा विद्यादेवी तिमिल्सीना, दलित समुदाय समन्वय र सशक्तिकरण विभाग प्रमुखमा लक्ष्मी परियार, द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभागमा कृष्णकिशोर घिमिरे, मुस्लिम विभाग मैकुलाल वाल्मिकी, वित्तिय संस्था समन्वय विभागमा कर्णबहादुर बुढा, विज्ञान तथा सूचना प्रविधि विभाग सुशीला मिश्र भट्ट, भू.पू. सैनिक विभाग महेन्द्र कुमारी लिम्बू, आर्थिक नीति तथा योजना विभाग प्रा.डा. गोविन्दराज पोखरेल, शुभेच्छुक संस्था समन्वय विभागमा अब्दुल सत्तार, श्रमिक तथा ट्रेड युनियन विभाग हरिशरण नेपाली, भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभाग नृपबहादुर वड, मानव अधिकार विभाग धना खतिवडा, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागमा कल्याणकुमार गुरुङ, ऊर्जा तथा जलस्रोत विभाग अनिलकुमार रुंगटा, बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग डा. जीवन राना, नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग लक्ष्मी खतिवडा, व्यवसायिक सिप विकास विभाग प्रमुखमा गंगालक्ष्मी अवाल मनोनित हुनु भएको छ।

विपन्न उत्थान समन्वय विभाग प्रमुखमा डा. गोपाल दहित, सामाजिक संघ संस्था समन्वय विभाग अर्जुनप्रसाद जोशी, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग अजयवावु शिवाकोटी, धर्म–संस्कृति समन्वय विभाग ध्यानगोविन्द रञ्जित, पूर्व आप्रवासी समन्वय विभाग दिनेश कोइराला मनोनित हुनु भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनु भयो।