स्थानीय र जैविक खाना, बास, सफारी र मनोरञ्जन प्रदान गर्दै बुरहान क्याम्प

डाँडागाउँ, मधुवन । सूक्ष्म–संरक्षण शैलीमा सञ्चालित बुरहान वाइल्डरनेस क्याम्प जैविक पदचिह्नलाई न्यून गर्दै जनावरहरूको संरक्षणलाई प्राथमिकतामा राखेको छ ।
संरक्षणविद् मनोज गौतम र उँहाकी दिदी प्रभा गौतमले वास्तविक रूपमा प्रयोगमुखी संरक्षणलाई बढावा दिन ‘बुरहान वाइल्डरनेस क्याम्प’ स्थापना गरेका गर्नु भएको हो।
यसले स्थानीय बासिन्दालाई बढीभन्दा बढी लाभ प्रदान गर्नुका साथै स्थानीय प्रकृति र संस्कृतिलाई संरक्षण गर्न पनि मद्दत गरेको छ । क्याम्पले स्थानीय र जैविक खाना, बास, सफारी र मनोरञ्जन प्रदान गर्छ ।
यसले रोजगारीको माध्यमबाट आदिवासी थारू संस्कृतिलाई पनि टेवा दिएको छ ।
बुरहान वाइल्डरनेस क्याम्प बर्दियाको खाता वन्यजन्तु कोरिडोरको एक महत्वपूर्ण भागमा अवस्थित छ।
यस क्षेत्रमा एकसिङे गैँडा, बङ्गाल टाइगर, एसियाली जंगली हात्ती, र ब्ल्याक आइबिस, रुड्डी शेल्डक, नाइटजार, फिशिङ ओलजस्ता धेरै चराहरूसहित केही प्रमुख वन्यजन्तु प्रजातिहरू पाइन्छ।
विश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ का लागि तयार पारेको ‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूचीमा परेको ‘बुरहान वाइल्डरनेस क्याम्प्स’ मा विभिन्न गतिविधि गर्न सकिन्छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न पुग्ने पर्यटकलाई ठाकुरद्वारा निकुञ्ज गेटमा रिसिभ गरी हात्तीसार, कैलाशी हुँदै डल्ला गाउँ हुँदै कर्णाली नदीको दुई भंगालाबीच प्रायद्वीप मधुवन १ डाँडागाउँमा संचालित ‘बुरहान वाइल्डरनेस क्याम्प्स’ मा वर्षायाममा चार महिना ( जुन, जुलाई, अगस्ट, सेप्टेम्बर) मा बन्द रहने क्याम्प अक्टुबर देखि मईसम्म आठ महिना नियमित रूपमा सञ्चालन हुने प्रबन्ध निर्देशक दक्षिणा खड्काले बताउनु भयो।
क्याम्पले आगन्तुकहरूलाई बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश नगरी बुसवाक, क्यानो ट्रिप, एन्टी–पोचिङ युनिटसहित वन्यजन्तु ट्याकिङ र एसियाली हात्तीमा यात्रालगायतका सुविधा प्रदान गर्ने गरेको छ ।
गत वर्ष बुरहानमा पाँच सयभन्दा बढी पाहुनाहरूलाई स्वागत गरिएको थियो । बुरहानले स्थानीय होमस्टे र रेस्टुरेन्टहरूलाई सघाएको छ । यसले स्थानीय युवाहरूलाई उद्धार र गाइडसम्बन्धी तालिम तथा रोजगार प्रदान गर्छ ।
संरक्षणविद् मनोज गौतम र उहाँको दिदी प्रभा गौतमले वास्तविक रुपमा पुनर्प्रयोगमुखी संरक्षणलाई बढावा दिन यसको स्थापना गर्नु भएको हो।
यसले स्थानीय जनतालाई बढीभन्दा बढी लाभ हुनुका साथै स्थानीय प्रकृति र संस्कृतिलाई संरक्षण गर्न पनि मद्दत गर्ने उहाँहरुको विश्वास छ।
संरक्षणविद् गौतम भन्नुहुन्छ,’कुनै प्रकारको पदचिह्न नछोड्ने संस्थापक सिद्धान्तका आधारमा हामी न्यूनतम अस्थायी संरचनाहरुमा निर्भर छौं। पाहुनाहरू आउँदा मात्र हाम्रो पालहरू सेट गरिन्छ र अन्य अवसरहरूमा यो जंगली मैदान रहिरहन्छ। वन्यजन्तु र स्थानीय समुदायहरूका लागि यस महत्वपूर्ण भूमिको दिगो संरक्षणमा योगदान दिँदै वन्यजन्तु प्रेमीहरूले यस क्षेत्रमा आफ्नो समयको सदुपयोग गर्न सक्छन्।’
गत वर्ष बुरानमा ५ सयभन्दा बढी पाहुनाहरूलाई स्वागत गरिएको छ। स्थानीय होमस्टे र रेस्टुरेन्टहरुलाई सघाइएको छ। यसले स्थानीय युवाहरूलाई उद्धार र गाइडहरूसम्बन्धी तालिम र रोजगार दिन्छ।
म्यागजिनले संसारभरका सय महत्वपूर्ण होटेल, रेस्टुरेन्ट, क्रुज, म्युजियम, पार्कलगायत समेटेर ‘वर्ल्डस् ग्रेटेस्ट प्लेसेस् २०२४’ को सूची बिहीबार सार्वजनिक गरेको छ ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने टाइमजस्तो विख्यात म्यागजिनले नेपालको बुरहान क्याम्पलाई विश्वका सय अद्भूत गन्तव्यभित्र समेट्नु देशकै गौरवको विषय भएको बताउँनुहुन्छ। ‘सम्भवतः टाइमको सूचीमा पहिलोपटक नेपाली प्रडक्ट परेको हो । यसले नेपाललाई सुपर लक्जरी डेस्टिनेसनका रूपमा प्रचार गरिदिएको छ । अहिलेसम्म नेपालमा चितवन मात्र वाइल्ड लाइफ टुरिजममा परिचित रहँदै आएको थियो । अब बर्दिया पनि वाइल्ड लाइफ ह्याभेनका रूपमा विश्वभर परिचित बनेको छ,’ उहाले भन्नु भयो, ‘विश्वविख्यात म्यागजिनले उत्कृष्ट सूचीमा राख्दा नेपालको सित्तैमा विश्वव्यापी प्रचार भएको छ । यसले पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीको सम्भावना पनि उजागर गरिदियो ।’
टाइमको विश्वका उत्कृष्ट स्थानहरूको वार्षिक सूचीले नयाँ र रोमाञ्चक अनुभव प्रदान गर्नेतर्फ मनन गर्दै विश्वभर बस्न र घुम्नका लागि सय उत्कृष्ट स्थानहरूलाई सार्वजनिक गर्दै आएको छ । २०२४ को सूची तय गर्न टाइमले आफ्ना संवाददाता र योगदानकर्ताहरूको अन्तर्राष्ट्रिय सञ्जालबाट सहयोग प्राप्त गरेको थियो । म्यागजिनले आवेदन प्रक्रियामार्फत होटेल, क्रुज, रेस्टुरेन्ट, आकर्षणस्थल, संग्रहालय, पार्कसहित विभिन्न ठाउँहरूको नामांकन मागेको थियो ।
बर्दियाको बुरान वाइल्डरनेस क्याम्प टाइम म्यागेजिनको १०० अद्भूत गन्तव्यको सूचीमा छनौट भएको छ। बुरान क्याम्पलाई टाइम म्यागेजिनले यस वर्षको विश्वकै १०० घुम्न र बस्नका लागि अद्भूत गन्तव्यको सूचीमा समावेश गरेको हो।
संसारभरिका १०० महत्त्वपूर्ण होटल, रेस्टुरेन्ट, क्रुज म्युजियम पार्कलगायतको सूचीमा बुरान क्याम्प पनि छनौट भएको हो। यसका लागि टाइमले विश्वभरि रहेका यसका संवाददाताहरु र सहयोगीहरुको मद्दत लिएको थियो।
प्रतिकृया दिनुहोस्