December 5, 2024, Thursday
२० मंसिर २०८१, बिहीबार

अमन, महिमा कन्स्ट्रक्सन लगायत १५ कम्पनी कालोसूचीमा

अमन, महिमा कन्स्ट्रक्सन लगायत १५ कम्पनी कालोसूचीमा

गुलरिया । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ।विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयलले प्रक्रिया सुरु गरेको हो ।

पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि ती कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ कम्पनीलाई अब ७ दिनभित्र स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ । यो अवधिमा लिखित स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।

अमन यादव प्रमुख रहेको बर्दियाको गुलरिया ५  मा रहेको अमन र महिमा कन्स्ट्रक्सन सडक पूर्वाधार विकास कार्यालयको सिफारिस अनुसार  काली सूचीमा परेका छन्।