सिसिटिभी कन्ट्रोल रुमको समुद्घाटन
गुलरिया। अपराध हुने ठाँउहरु ईगिँत गर्दै स्थानिय सरकार गुलरिया नगरपालिकाको कार्यालयले आफ्नो बजार एरियालाई अपराधमुक्त बनाउने संकल्प स्वरुप १० वटा मुख्य ठाँउमा २४ वटा क्यामेरा जडान गरिएको छ ।
गुलरिया नगरपालिकाको बिनियोजित २० लाख बजेट रकमबाट मिति २०८१ साल जेठ ११गते बाट सुरु भई २०८१ असार १९ गतेसम्म इ‐बिडिङ्ग मार्फत टेण्डर खुलाई सिसिटिभी क्यामरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक प्रबिण धितालले बताउनु भयो।
जिल्ला प्रहरी कार्यालयमा संचालित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायत, गुलरिया नगरपालिका प्रमुख मुक्ति नाथ यादव र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले सिसिटिभी कन्ट्रोल रुमको संयुक्त रुपमा रिवन काटी समुद्घाटन गर्नु भयो ।
कार्यक्रमका अध्यक्ष लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले समाजमा शान्ती सुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न, राज्यले दिएको जिम्मेवारी र सोही किसिमको प्रहरी अनुसन्धान गर्न प्रहरी प्रबिधी मैत्री हुनु आवश्यक रहेको बताउनु भयो । उहाँलेअपराध अनुसन्धान र शान्ती सुरक्षा कायम गर्न सिसिटीभीले प्रभावकारी भुमिका निर्वाह गर्ने हुँदा त्यस्ता मुद्दालाई पहिचान गरि सिसिटीभी जडान गर्न बिनियोजित बजेट रकम एवं सहयोगको लागी गुलरिया नगरपालिकाको कार्यालयलाई कृतज्ञता ब्यक्त गर्नुभयो।
प्रतिकृया दिनुहोस्