February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

बबई नहरमा डुबेर १४ वर्षीया बालिकाको ज्यान गयो

बबई नहरमा डुबेर १४ वर्षीया बालिकाको ज्यान गयो

राजेश अधिकारी । खेल खेलेर घर फर्कदा हात मुख धुने बेलामा चिप्लिएर बबई नहरमा खस्दा एक बालिकाको ज्यान गएको छ।

बनगाइ र माछागड सिमाना पर्ने बबई सिँचाइको नहरमा खस्दा बार बर्दिया ९ बनगाईकी १४ वर्षीया तेक्वान्दो खेलाडी जेनिसा परियारको ज्यान गएको हो।

मिति २०८१ साउन ३ गते साँझ ६:३० बजे नहरमा खसी वेपत्ता परियारलाई स्थानीयले खोज तलास गर्दा रातिको ७ :३० बजे फेला पारेका थिए।

डुबेर सख्त घाइते परियारको बर्दिया अस्पतालमा उपचारको प्रयास पनि सफल हुन सकेन।