गुलरिया नगरपालिकाले सर्यु नदि लगायत अतिक्रमित क्षेत्रहरूकाे नाप नक्सा तयार गर्ने

गुलरिया। गुलरिया नगरपालिकाले सर्यु नदि लगायत अतिक्रमित क्षेत्रहरूकाे नाप नक्सा तयार गर्ने भएको छ।
नगरपालीकाले भुमिहिन सुकुम्बासिकाे दर्ता छुट भएकाहरूलाई पुन अनलाईन फर्म भर्न आवेदन माग गर्ने, कृषकलाई कृषि कार्डकाे ब्यवस्था गर्ने र महाकालि सुगर मिललाई गुलरिया नगरपालिका क्षेत्र भित्र सुगरमिल उद्योग स्थापनाका लागि अनुराेध गर्ने निर्णय समेत गरेको प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले बताउनु भयो।
२०८० साल भदाै ५ गते मंगलबार गुलरिया नगरपालिकाकाे
कार्यपालिका बैठकले गुलरिया नगरपालिकाबाट सञ्चालित एम्बुलेन्समा जेष्ट नागरिक, राताे कार्ड भएका शारिरिक अशक्तता भएका ब्यक्ति, सुत्केरि महिलालाई जिल्ला अस्पताल सम्म पुर्याउन निशुल्क सेवा प्रवाह गर्ने निर्णय गरेको नगर प्रमुख मुक्ति नाथ यादवले बताउनु भयाे।
गुलरियाका नगरपालिकाका नागरिककाे मृत्यु बाके स्थित अस्पतालहरूमा भएमा त्यस स्थानबाट घाट सम्म लैजान वा बर्दियासम्म ढुवानि गर्न निशुल्क सेवा प्रवाह गर्ने समेत निर्णय भएको छ ।
बाढिबाट क्षति भएकाहरूकाे तथ्यांक वडाबाट आएकाे तग्यांकलाई मान्यता दिने नगर पालिकाले निर्णय गरेको छ।
गत साता आएकाे बाढिमा बगि बेपत्ता भएका तीन जनाकाे परिवारलाई जनहि ५० हजार सहयाेग गर्ने नगर प्रवक्ता सुधांशु प्रकाश शर्माले बताउनु भयो।
प्रतिकृया दिनुहोस्