July 24, 2024, Wednesday
९ श्रावण २०८१, बुधबार
Trending

बर्दियामा संघीय कार्यालय तर्फ पूँजीगत ८९.१८ प्रतिशत र चालू ९७.०३ प्रतिशत बजेट खर्च

बर्दियामा संघीय कार्यालय तर्फ पूँजीगत ८९.१८ प्रतिशत र चालू ९७.०३ प्रतिशत बजेट खर्च

बर्दिया । आ.ब.२०७९/८० मा बर्दिया जिल्लामा संघीय कार्यालय तर्फ पूँजीगत तर्फ ८९.१८ प्रतिशत र चालू तर्फ ९७.०३ प्रतिशत खर्च भएको छ।
संघिय कार्यालय तर्फ पुजिगत तर्फ कुल खर्च रु २ अर्ब १९ करोड ५ लाख १२हजार १सय ९९ रुपियाँ २७ पैसा र चालु खर्च तर्फ रु ७ अर्ब ८३ करोड ११ लाख ४६ हजार ५ सय ७४ रुपियाँ १४ पैसा खर्च भएको छ।
प्रदेश कार्यालय तर्फ पुजिगततर्फ रु ५६ करोड ५५लाख २७ हजार २ रुपियाँ ९७ पैसा अथार्त ७९.८७ प्रतिशत र चालु खर्च तर्फ रु ६१ करोड ७०लाख ४४ हजार ४सय ३० रुपियाँ १० पैसा अथार्त ८०.४३ पुगेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रेमराज डाँगीले जानकारी दिनु भयो।