September 27, 2023, Wednesday
१० आश्विन २०८०, बुधबार
Trending

बर्दिया प्रहरीद्वारा २ लाख ४१ हजार बढीको स्टेशनरी तथा किराना सामान बरामद

बर्दिया प्रहरीद्वारा २ लाख ४१ हजार बढीको स्टेशनरी तथा किराना सामान बरामद

गुलरिया । भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको अन्दाजी मुल्य रू.२ लाख ४१ हजार ३सय ७०बराबरको स्टेशनरी तथा किराना सामान बर्दिया प्रहरीले बरामद गरेको छ।
साथै सो कार्य गर्न प्रयोगमा ल्याईएका ६ थान साईकल समेत बरामद भएको छ।
मिति २०८०।०३।२२ गते राती जिल्ला कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ती एवं चेकजाँच गर्ने क्रममा गुलरिया नगरपालिकाको मथुरा र गणेशपुर तथा बढैयाताल गाउँपालिकाको शितलाबजारबाट सो समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख,प्रहरी उपरीक्षक सुधीर राज शाहीले बताउनु भयो।
बरामद गरिएको समान आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले बताउनु भयो।