January 13, 2026, Tuesday
२९ पुष २०८२, मंगलवार
Trending

गुलरिया नगरपलिकाले नि:शुल्क एम्बुलेन्स र शव वाहन सेवा उपलब्ध गराउने

गुलरिया नगरपलिकाले नि:शुल्क एम्बुलेन्स र शव वाहन सेवा उपलब्ध गराउने

बर्दिया। गुलरिया नगरपालिकाकाले आगामी आव देखि ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा र नगरवासीका लागि निःशुल्क शव वाहन उपलब्ध गराउने भएको छ।
असार १० गते आइतबार नगर आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख मुक्ति नाथ यादवले भौतिक तथा पूर्वधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु सेवा सुधार लगायत पर्यटनमा प्राथमिकता दिने बताउनु भयाे।
नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित भएपछि उपप्रमुख सावित्रा गौतमले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ५ करोड ४९ लाख ४२ हजार ६ सय २२ रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको छ।
भौतिक पूर्वधार तर्फ गुलरियाको १२ वटै वडामा ६० लाखको दरले ७ करोड २० लाख बजेट विनियोजन गरिएको उहाँको भनाई छ।
शिक्षामा ३ करोड, स्वास्थ्यमा १ करोड ५० लाख र पशु तथा कृषितर्फ ६६ लाख विनोयोजन गरिएको छ ।
साथै नगरको सुरक्षाका लागि मुख्य बजार र चोकहरुमा सीसी क्यामेराका लागि २० लाख बजेट छुट्याइएको छ समावेश गरेको गुलरियाबासीका लागि शव बाहन निःशुल्क गरिएको छ ।
नीति तथा कार्यत्रममा एक पालिका एक औद्योगिक ग्राम अन्तर्गत गुलरिया—८ कुडियापरीमा रहेको १२ बिघा क्षेत्रफलमा औद्योगिक ग्रामका लागि चारैतिर पर्खाल लगाउने पनि उल्लेख गरिएको छ।