January 13, 2025, Monday
२९ पुष २०८१, सोमबार

कृषि, उधोग र पर्यटन बार बर्दियाको प्राथमिकतामा

कृषि, उधोग र पर्यटन बार बर्दियाको प्राथमिकतामा

बारबर्दिया । कृषि, उधोग र पर्यटनलाई प्राथमिकता दिएर बार बर्दिया नगरपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। नगर प्रमुख छविलाल थारूले उद्घाटन गर्नु भएको १३ औँ नगर सभामा  उप प्रमुख रत्न पाण्डेले  आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो।

उद्यमशिलताको विकास गरि दिगो फराकीलो र उत्पादन मुखी आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य सहित बारबर्दिया नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

‘कृषि, उधोग र पर्यटनमा बृद्वि, बारबर्दियाको समृद्धी´ भन्ने मुल नाराका साथ नगरपालिकाले नगरको समग्र विकासको लागि कृषि र रोजगारीलाई मध्यनगर गरि आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।

विकासको पुर्वधारहरु शिक्षा स्वास्थ्य, यातायात, खानेपानी, विद्युत, सञ्चार सुरक्षित उर्जा, वित्तिय क्षेत्रमा सहज पहुच निति तथा कार्यक्रमा समाबेश गरिएको छ ।

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनुका साथै समग्र नागरिकको स्वास्थ्यमा सुधार गरि शिक्षालाई बैज्ञानिक, प्रतिस्पर्धी बनाई समग्र बारबर्दिया नगरलाई सामाजिक, शैक्षिक, सांस्कृतिक र आर्थिक केन्द्रका रुपमा रुपान्तरण गरिने’ लक्ष्यका साथ आगामी वर्षको लागि नीति तथा कार्यक्रम बनाईएको छ ।

नगरपालिकालाई प्राप्त हुने स्रोत साधनको उच्चतम उपयोग गरि नगर क्षेत्रको आर्थिक, सामाजिक र भौतिक विकास गर्ने कार्यक्रम नगरपालिकाले ल्याएको  नगर प्रमुख थारूले बताउनु भयो।

सार्वजनिक जग्गा, बाटो, तालतलैया, पार्क, वनजंगल, नदि र खोलानालाको संरक्षण गरि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

ग्रिन नगर क्लिन नगर बनाउने र पुर्ण सरसफाइ नगरपालिका घोषणा गर्न आवश्यक कार्यक्रम संचालन गर्ने, नगरपालिका भित्र देखिएको सामाजिक समस्या बालबिवाह उन्मुलन गर्ने , कम्तिमा १० बिगाह क्षेत्रमा कृषि सिकाई केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रमा राखिएको प्रमुख प्रशासकिय अधिकृत अशोक कोइरालाले बताउनु भयाे।

टुहुरा असाय बालबालिकाहरुको संरक्षण केन्द्रमा राखि उनिहरुको पालनपोषण र उच्च शिक्षामा सहयोेग तथा रोजगारमा सहयोग गर्ने, सहिद बिष्णुधनि शिक्षालयमा संचालित बन बिज्ञान संकायका अतिरिक्त थप पाँच प्राबिधिक संकाय यसै बर्षदेखि संचालन गर्ने नीति बार बर्दियाले लिएको छ।