चिनियाँ राजदुत झेन सोङद्वारा प्राचिन कपिलवस्तु स्थित तिलौराकोटको अवलोकन भ्रमण
तिलौराकोट । चिनका राजदुत झेन सोङले प्राचिन कपिलवस्तु स्थित तिलौराकोटको अवलोकन भ्रमण गर्नु भएको छ। लुम्बिनी हुदै प्राचिन कपिलवस्तु आउनु भएका उहाँले बुद्धका पिता राजा शुद्धोदनको राजप्रसाद बुद्ध स्थल तिलौराकोट भ्रमण गर्नु भएको हो।
राजदुत सोङलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षृु मैत्तेयले वुद्धस्थलको ऐतिहासिक पृष्ठभुमि, महत्व, ऐतिहासिक प्रमाण, लगायतका बिषयमा जानकारी गराउनु भएको थियो।
तिलौराकोट दरबार क्षेत्रमा पैदल मार्ग हुदै उनले तिलौराकोटमा संपन्न उत्खनन र अन्वेशषको स्थलगत निरीक्षण गरेका थिए। जापानिज फण्ड ईन ट्रस्ट, नेशसन जियोग्रफी सोसाईटी अमेरिका र युनेस्को सहयोगमा ८ वर्ष देखि तिलौराकोटमा उत्खनन गरिएको छ। उहाँले उत्खननका उपलब्धी र अवस्था बारे जनकारी लिनू भएको छ। उत्खनन र अन्वेशको उपलब्धी, प्राप्त प्रमाणहरु, ऐतिहासिक पृष्ठभुमी लगायतका बिषयमा जानकारी गराईएको थियो।
राजदुतले तिलौराकोटको मुख्य दरबार, पश्चिमी र पुर्बी द्धार,संपन्न भएको उत्खनन क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको थियो। भ्रमण सकेर फर्कने क्रममा राजदुत सोङले तिलौराकोटका प्रवद्र्धन र विकासका लागि आफूले पहल गर्ने बताउनु भयो। उहाँले सचारकर्मीलाई प्रतिक्रिया दिँदै वुद्धस्थलको ठोस विकासका लागि योजनाबद्ध रुपमा अगाडी बढनु पर्ने बताउनु भयो। ३ वटा वुद्धहरुको जन्मथलोका पाईला टेक्न पाएकोमा आफु धन्य भएको भन्दै उहाँले प्राचिन कपिलवस्तुमा रहेको वुद्धस्थलको विकासका लागि हातेमालो गर्ने बताउनु भयो। ‘यहाका बुद्धस्थलको विकासकालागि हामी सहयोग गर्र्न तयार छौ’ उहाँले भन्नु भयो।
उहाले आफनो देशमा रहेको करौडा वुद्धमार्गीहरु प्राचिन कपिलवस्तुमा आउन लालाईत रहेको बताउनु भयो। शान्तिका अग्रदुत तथा करौडोका आस्थाका केन्द्र रहेको वुद्धस्थलमा आउन पाउनु नै गौरवको कुरा रहेको भन्दै उनले चिन सरकारले वुद्धस्थलको विकासका लागि सहयोग गर्र्न तयार रहेको बताउनु भयो।
प्रतिकृया दिनुहोस्