July 24, 2024, Wednesday
९ श्रावण २०८१, बुधबार
Trending

सवारी दुर्घटना पश्चात फरार चालक बर्दिया प्रहरीद्वारा पक्राउ

सवारी दुर्घटना पश्चात फरार चालक बर्दिया प्रहरीद्वारा पक्राउ

बाँसगढी । फागुन २९ गते राति ११:३० बजे दुर्घटना पश्चात फरार चालक बर्ष ४१ को प्रेम थारु र निजले चलाएको लु.अ.अ.फा. ९७८६ नं. को ट्रिप्पर समेत नियन्त्रणमा लिएको छ।
चालक र ट्रिपर नियन्त्रणमा लिई   जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक सुधीर राज शाहीले बताउनु भयो।
फागुन २८ गते राती अन्दाजी ११:४५ बजे जिल्ला बर्दिया बाँसगढी नगरपालिका ५ केदारेश्वरधाम नजिकै पुर्ब-पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको भे ६ प ९०१५ नम्बरको मोटरसाईकललाईलाई  सवारी साधनले ठक्कर दिएको थियो।  ट्रिपरको ठक्करबाट मोटरसाईकल चालक जिल्ला बाँके कोहलपुर नगरपालिका -०१ बस्ने केशब धितालको टाउकोमा चोट लागी घाईते भई उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा फागुन २९ गते राति  १२:३५ बजे मृत्यू भएको थियो। घटना पश्चात सवारी साधन र चालक समेत फरार रहेको र सवारी साधनको विवरण समेत खुल्न नआएकोले उल्लेखित घटनामा व्यापक रुपमा प्रहरी परिचालित गरी बिभिन्न स्थानहरुमा चेकिंङ्गका साथै अनुसन्धान गर्ने क्रममा ट्रिपर र चालक नियन्त्रणमा परेका हुन्।