October 4, 2024, Friday
१८ आश्विन २०८१, शुक्रबार

कोहलपुर त्रिभुवन मा वि लाई उपाधी

कोहलपुर त्रिभुवन मा वि लाई उपाधी

कोहलपुर । माबी स्तरीय छैटाैं मेयर कप रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता–२०७९ को उपाधी त्रिभुवन माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ । काेहलपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भई साेमबार समापन भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ३७ वटा विद्यालयको सहभागिता रहेकोमा त्रिभुवन मा वि प्रथम हुन सफल भएको हो भने ग्रीनपिस मा वि द्वितीय र डायनामिक मा वि ले तृतिय स्थान हासिल गरेका छन।

यसैगरी प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट खेलाडी डायनमिक मावि का प्रतीक सुनार र छात्रातर्फ उत्कृष्ट खेलाडी ग्रिन पिस मा वि का तुलसा दमाई भएकी छिन । यस्तै उद्घाटनकै दिन भएको मार्चपासमा दिव्य बिद्या सदन सर्वोत्कृष्ट भएको छ।

विजयी विद्यालय र खेलाडीहरुलाई काेहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य,उप प्रमुख संगिता सुवेदी ,काेहलपुर नगरपालिका काेहलपुर नगर खेलकुद विकास समितिका बुद्दि थापा ,काेहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमाल लगायतले शिल्ड तथा पुस्कार वितरण गरेका थिए। प्रतियाेगिता कृष्ण माविको खेल मैदानमा भएको थियाे।

खेल समापनमा काेहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै खेलकुदमा आफुले बढी प्राथमिकता दिइएको बताए । नगर प्रमुख आचार्यले आगामी दिनमा खेलकुद सप्ताहव्यापी रुपमा संचालन गरि खेलकुदलाई आगाडीबढाउनु पर्नेमा जाेड दिएका छन । उनले खेलाडीहरु कहिले आफ्नो लागि खेल नखेल्ने कहिले स्कुलको लागि कहिले गाउँपालिका नगरपालिकाको लागि कहिले जिल्ला प्रदेश त कहिले राष्ट्रको लागि निस्वार्थ भावले खेल खेल्ने हुदा राष्ट्र का गहना खेलाडिलाई हामिले सम्मान गर्न सक्नु पर्ने बताए । उनले उद्घाटनको दिन उत्कृष्ट खेलाडिलाई सम्मान स्वरुप नगद पुरस्कार एकाउन्न हजार दिने व्यक्तिगत घोषणा समेत गरेका थिए उनले यो बर्ष व्यक्तिगत रुमपा दिएपनी आगामी बर्षहरुमा सस्थागत अलि बढी नगद पुरस्कारको व्यवस्था गर्ने घोषणा समेत गरेका छन् ।
नगरप्रमुखले घोषणा गरे अनुरुप ग्रीनपिसकी तुलसा दमाई उत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।
उत्कृष्ट खेलाडिको रुपमा घोषित भएकी खेलाडिले नगर प्रमुख पुर्ण प्रसाद आचार्यकाे तर्फबाट रु ५१ हजार नगद समेत प्राप्त गरेकि छिन्
खेल समापन समाहराेमा नगर उप प्रमुख संगिता सुवेदीले युवाहरु खेलकुद प्रति रुचिबढेकाे भन्दै सबै विद्यालयहरुलाई खेलकुदलाई प्राथमिकता दिन विद्यालयहरुलाई आग्रह गरिन । यस्तै आज समापनका दिन खेलकुदलाई सभ्य र भव्यताका साथ सफल पार्न सहयोग गर्नुहुने पत्रकार लगायत अन्य सहयोगिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।