विश्वकप २०२२को उपाधि अर्जेन्टिनालाइ
कतार । फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले हात पारेको छ । अर्जेन्टिनासँग फ्रान्स टाई ब्रेकरमा ४–२ ले पराजित भएको हो ।
फाइनलमा ३-३ को रोमाञ्चक बराबरीमा पुगेका दुवै टिमले पेनाल्टी पाएका थिए । १२० मिनेटको खेल बराबरी गोलमा टुङ्गिए पनि पेनाल्टीमा भने अर्जेन्टिनाले अग्रता बनाउँदै जित हात पार्यो ।
अर्जेन्टिनाको यो जित ३६ वर्षपछिको विश्वकप फुटबलको उपाधि हो ।
नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश्चिम जर्मनीलाई हराउँदै दोस्रो उपाधि जितेको थियो । सन् १९९० मा विश्वकपको फाइनल पुगे पनि पश्चिम जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना तेस्रो उपाधि भित्र्याउन भने असफल भएको थियो ।
सन् २०१८ मा प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि अर्जेन्टिना विश्वकप यात्राबाट बाहिरिएको थियो । त्यसको चार वर्षपछि अर्जेन्टिनाले साविक विजेता फ्रान्ससँग बदला लिएको छ ।
सर्वाधिक गोल गरेर फ्रान्सका खेलाडी एमबाप्पेले गोल्डेन बुट जितेका छन् । वल्र्डकप बिजेटाता टिमका लियोनेल मेस्सीले बेस्ट प्लेयरको उपाधि पाएका छन् भने अर्जेन्टिका गोल रक्षक मार्टिनेजले बेस्ट किपरको उपाधि जितेका छन् ।
प्रतिकृया दिनुहोस्