January 14, 2025, Tuesday
१ माघ २०८१, मंगलवार

बर्दियाका उद्योगी ब्यवसायीहरु सम्मानित

बर्दियाका उद्योगी ब्यवसायीहरु सम्मानित

गुलरिया । उद्योग दिवसका अवसरमा बर्दियाका उद्योगी ब्यवसायीहरु सम्मानित भएका छन् । उद्योगका माध्यमबाट सहयोग पुर्याउने उद्योगीहरुलाई घरेलु तथा साना उद्योग कार्यालय बर्दियाले प्रसंशा पत्रसहित सम्मान गरेको हो।
सम्मानित हुनेहरुमा वर्मा ईटा उद्योग गुलरियाका मनोज कुमार वर्मा, प्रगती ईलेक्ट्रिकल मर्मत केन्द्र बारबर्दियाका नमराज पौडेल, जय गणेश ब्लक तथा कंक्रिट उद्योग राजापुरका गणेश थापा, मायाँ नर्शरी फम मधुवनकी मायाँ योगी, पोखरेल राईस एण्ड आयल मिल मधुवनका गजेन्द्रराज पोखरेल, भट्टराई दुध उद्योग प्रा.लि बाँसगढीका खेमराज भट्टराई, बागेश्वरी मसला उद्योग मधुवनका लक्ष्मी प्रसाद जैसी, संगम ब्यवसायिक कृषि फम गुलरियाका शम्भुप्रसाद अधिकारी, रावल पशुपंक्षी फम गुलरियाका नैनसिंह रावल र निर्मल कृषि तथा पशुपंक्षी फम गेरुवाका निर्मल खड्का हुनुहुन्छ।
कार्यक्रममा सहभागी उद्योगीहरुले जिल्लामा उद्योग ब्यवसाय गर्नेहरुलाई धेरै समस्या भएकाले सरकारले सम्वोधन गरिदिनु पर्ने माग राखेका छन् । कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले उद्योग ब्यवसायीका समस्या धेरै रहेकाले नितिगत तहबाटै सुधार गर्न आवस्यक रहेको बताउनु भयो । घरेलु कार्यालयका प्रमुखको सभाध्यक्षमा भएको कार्यक्रममा जिल्लाका उद्योग ब्यवसायी लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।