विप्लव समुहका कार्यकर्ता बिष्फोटक पदार्थ तथा पर्चा पप्लेट सहित पक्राउ
बाँके । बाँके जिल्ला नेपालगंज उप-महानगरपालिका वडा नं. १० भृकुटिनगर एरियामा नेपाल कम्युनिस्ट पार्टी (बिप्लव समुह) का केहि कार्यकर्ताहरुले आसन्न प्रतिनिधी तथा प्रदेश सभा चुनाब लाई प्रभावित पार्नको लागी बिष्फोटक पदार्थहरु तयार गरिरहेका थिए। सो सूचना प्राप्त भएकोमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले उक्त स्थानमा खोजतलास गर्ने क्रममा कार्तिक ३० गते साझ ०८:१५ बजे जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१० भृकुटिनगर स्थित श्रीकला मल्लको घरमा कोठा भाडा लिई बस्ने जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं.२ घर भई हाल महेन्द्र बहुमुखि क्याम्पस नेपालगंजमा अध्ययनरत बर्ष ३५ को डिल्लि बहादुर डि.सि. र जिल्ला कालिकोट पालाता गा.वि.स.घर भई हाल जिल्ला कैलाली घोढाघोढी न.पा.वडा नं.१ बस्ने धर्मराज सुनार समेतका ३/४ जना व्यक्तीहरु कोठामा रहेको भन्ने बुझ्यो। उक्त घर तर्फ आईरहेको प्रहरी टोली लाई देखी डिल्लि बहादुर डि.सि. , धर्मराज सुनार समेतका व्यक्तीहरुले उक्त बिष्फोटक पदार्थहरु हतारमा लुकाई छिपाई गरी भाग्ने क्रममा कोठा भित्र १ थान प्रेसर कुकर बम पट्कन गई डिल्लि बहादुर डि.सि. र धर्मराज सुनारको हात खुट्टामा चोट लागेको प्रहरी जनाएको छ । अन्य निजहरु संग रहेका व्यक्तीहरु भागी गएका निज घाईतेहरु लाई औषधी उपचारका लागी भेरी अस्पताल हुदै हाल नेपालगंज मेडिकल कलेज नेपालगंजमा दुवै लाई ICU मा राखि उपचार भईरहेको उक्त कोठामा एक थान २ लिटरको तयारी अवस्थामा (लाईभ) प्रेसर कुकर बम नेपाल कम्युनिष्ट पार्टी (बिप्लब समुह) का नवौ महाधिवेसन को पर्चा पम्पलेटहरु , अखिल नेपाल राष्टिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी ) सहयोग सम्बन्धमा लेखिएका पर्चा पम्पलेट , सहयोग रसिद , झण्डाहरु , दस्तावेदहरु ,छाप फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनु भयाे। उक्त घटनास्थल जिल्ला प्रहरी कार्यालय बाट ४ किलो मिटर दक्षिण तर्फ रहेको छ । उक्त लाईभ प्रेसर कुकर बम बज्रदल गण राझा बाट खटि आएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।साथै निज डिल्लि बहादुर डि.सि. अखिल नेपाल राष्टिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी ) को बाँके जिल्ला अध्यक्ष र धर्मराज सुनार नेपाल कम्युनिस्ट पार्टी (बिप्लव समुह) को सैन्य कमाण्डर रहेको भन्य बुझिन आएको अन्य व्यक्तीहरुको खोजतलास भईरहेको बाँके प्रहरीले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्